‘ब्याजदरको बिषयमा गम्भीर छलफल हुन्छ, एउटालाई मर्का पारेर अर्कोले बढी कमाउने भन्ने हुँदैन’अर्थमन्त्री शर्मा

Sep 22, 2022 02:52 PM Merolagani



अर्थमन्त्री जनार्दन शर्माले ब्याजदरको बिषयमा अगामी हप्ता सम्बन्धित निकाय सबैलाई राखेर गम्भीर छलफल गर्न लागेको बताएका छन् । नाडा विद्युतीय एक्सपोको उद्घाटन सभालाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले यस्तो बताएका हुन ।

‘व्याजदरको सन्दर्भमा उठेका बिषयमा मैले सम्बन्धित निकायहरुसँग छलफल गरिरहेको छु,अर्थमन्त्री शर्माले भने ‘बैंकका प्रतिनिधि,व्यवसायीहरु र अर्थमन्त्रालयका निकायहरु सबैलाई राखेर अगामी हप्ता गम्भीर छलफल र निष्कर्ष निकाल्ने तयारी गरेका छौं’ ।

उनले ब्याजदर सम्बन्धी छलफलका लागि अर्थ सचिवलाई निर्देशन समेत दिइसकेको जानकारी दिए ।

 

व्याजदरको बिषयमो बोल्दै अर्थमन्त्रीले भने‘ एउटालाई मर्कामा पर्ने,अर्कोले बढी कमाउने भन्ने हुँदैन । अर्थमन्त्रालय त्यो पक्षमा छैन’ ।

उनले बैंकमा पैसा राखेर १४/१५ प्रतिशत आम्दानी लिन पाइन्छ त्यो देशमा उत्पादन सम्भव होला ? भन्दै प्रश्न समेत गरे ।

उनले अटो व्यवसायीहरुलाई नेपालमै विद्युतीय गाडी उत्पादन गर्न आह्वान गरे ।‘अब विद्युतीय गाडी नेपालमै बन्नुपर्छ, सबै मिलेर उद्योग बनाउनुहोस् अथवा १० जनाले १० ओटा उद्योग खोल्नुहोस्’ अर्थमन्त्री शर्माले भने ।

अर्थमन्त्री शर्माले नेपालमै गाडी उत्पादन गर्न सरकारले कहाँ सहुलियत दिनुपर्ने हो भन्दै व्यवसायीलाई आग्रह समेत गरे ।

शर्माले थपे ‘सहुलियत पुगेको छैन भने सरकार त्यसका लागि पनि गर्न तयार छ । सधै बाहिरबाट मात्रै ल्याएर हुँदैन’ ।

चार्जिङ स्टेसनमा सरकारले ५० ओटा मात्रै बनाएर नपुग्ने भन्दै व्यवसायीलाई धेरै भन्दा धेरै चार्जिङ स्टेसन बनाउनुपर्ने उनको भनाई छ ।




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।