सिटिजन्स बैंकले शेयरधनीहरुलाई ९ प्रतिशत नगद लाभांश दिने

Sep 22, 2022 07:52 PM Merolagani



सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड(CZBIL)ले शेयरधनीहरुलाई ९ प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकको असोज ६ गते बिहिबार सम्पन्न ४०३ औं सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट बोनस भने नबाँड्ने निर्णय गरेको छ ।

उक्त बैठकले आर्थिक वर्ष २०७८/७९को वितरण योग्य मुनाफाबाट २०७९ असार मसान्तको चुक्ता पुँजी १४ अर्ब २० करोड ९ लाख ७४ हजार ६ रुपैयाँको ९ प्रतिशतले हुने १ अर्ब २७ करोड ८० लाख ८७ हजार ६६१ रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र लगानीकर्ताले पाउनेछन् ।




हाइड्रोपावर समूहबाट निस्कँदै लगानीकर्ता, कुन सेक्टरमा बढाउँदैछन् लगानी ? तथ्यांक यस्तो छ

Jul 05, 2025 05:39 PM

गत हप्ता नेप्से परिसूचकले सेन्चुरी मारेर २७ सय माथि टिक्न सफल भएको छ । नेप्सेले सेन्चुरी मार्दै गर्दा लगानीकर्ता भने हाइड्रोपावरबाट सिफ्ट भएर अन्य क्षेत्रतिर गएको देखिएको छ । हाइड्रोपावरबाट लगानीकर्ता विस्तारै विकास बैंक, फाइनान्स र इन्स्योरेन्स समूहमा सरेको तथ्यांकले देखाएको छ ।