सानिमा इक्विटी फण्डको इकाईमूल्य समायोजन

Sep 23, 2022 08:12 AM Merolagani



सानिमा इक्विटी फण्डको इकाईमूल्य समायोजन भएको छ। फण्डले गत आर्थिक वर्षको कमाइबाट इकाईधनीहरुलाई वितरण गर्ने घोषणा गरेको २२ प्रतिशत लाभांशमा मूल्य समायोजन भएको हो।

नेपाल स्टक एक्सचेञ्जले फण्डको मूल्य समायोजन गरी प्रतिइकाई १० रुपैयाँ १९ पैसा कायम गरेका छ। आइतबार यसै मूल्यलाई आधार मानेर फण्डको कारोबार खुल्नेछ।

सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सानिमा इक्विटी फण्डले प्रतिफल वितरण प्रयोजनार्थ असोज ९ गते बुकक्लोज गर्दैछ। यसले गर्दा बिहीबारसम्म कायम इकाइधनीले मात्र लाभांश पाउनेछन्।




कुमारी बैंकले कमायो करिब साढे ७ अर्ब नाफा, वितरणयोग्य मुनाफा कति?

Aug 12, 2026 09:43 AM

कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले सो अवधिसम्ममा करिब साढे ७ अर्ब रुपैयाँ खुद नाफा कमाएको छ।