ग्लोबल आइएमई बैंकले ल्यायो २ वर्षमै २ गुणा हुने मुद्दती योजना

Sep 23, 2022 11:02 AM Merolagani



ग्लोबल आइएमई बैंक(GBIME)ले २ वर्षमै २ गुणा हुने मुद्दती योजना ‘ग्लोबल आइएमई धनवृष्टि मुद्दती योजना’ सार्वजनिक गरेको छ । यस मुद्दती निक्षेप योजनाअन्तर्गत ग्राहकहरुले २ वर्षमै आफ्नो मुद्दती निक्षेप दोब्बर गर्न सक्नेछन् । यस योजना अन्तर्गत मुद्दती निक्षेप खाता खोल्नको लागि निक्षेपकर्ताले कुनै निश्चित रकम छनोट गर्नुपर्नेछ ।

२ वर्षको समयावधिमा दोब्बर रकम प्राप्त गर्न निक्षेपकर्ताले हरेक त्रैमासमा छनोट गरेको रकमको १० प्रतिशत रकम जम्मा गर्दै जानुपर्ने छ ।

यस योजनामा सहभागिताको लागि न्यूनतम मौज्दात १० हजार रूपैयाँ रहेको छ । आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता योजनाहरु ल्याएर ग्राहकहरुलाई लाभान्वित गर्दै आएको छ ।

ग्लोबल आइएमई बैंककाे २९० शाखा, २७३ एटिएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ५१ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८९० भन्दा बढी सेवा केन्द्र र ३० लाखभन्दा बढी ग्राहकहरू रहेका छन् ।




शेयर बजार र घर जग्गमा लाग्ने कर बढ्यो, विदेश पढ्न जानेमाथि थप भार

May 29, 2026 08:11 PM

आर्थिक वर्ष २०८३/८४ को नयाँ बजेटसँगै सरकारले ल्याएको आर्थिक विधेयक र मन्त्रिपरिषद्को पछिल्लो निर्णयले नेपालको कर प्रणालीमा ठूलो फेरबदल ल्याएको छ।