बीमा नभएका र मेकानिकल परीक्षण नभएका सवारी साधानले रुट परमिट नपाउने, सबैको यान्त्रिक परीक्षण हुने

Sep 25, 2022 12:49 PM Merolagani

गृह मन्त्रालयले बीमा नभएका र मेकानिकल परीक्षण नभएका सवारी साधानलाई रुट परमिट वितरण निर्णय गरेको छ । चाडपर्वको वेलामा हुन सक्ने संभावित दुर्घटनालाई रोक्न सरकारले यस्तो व्यवस्था गरेको हो ।

बीमा नभएका सवारीसाधन दुर्घटना भएमा क्षतिपूर्ति दिन कठिनाइ हुने तथा मेकानिकल परीक्षण नभएका सवारीसाधनहरूको बीच बाटोमा यान्त्रिक समस्या देखिई दुर्घटना हुने तथा यात्रुहरू अलपत्र पर्न सक्ने सम्भावना भएकोले बीमा नभएका र मेकानिकल परीक्षण नभएका सवारीसाधनलाई रुट परमिट नदिने व्यवस्था मिलाउन यातायात व्यवस्था विभाग र सम्बन्धित प्रदेश कार्यालयलाई निर्देशन दिएको छ ।

यस्तै मन्त्रालयले चाडपर्वको समयमा यात्रुहरूलाई झुन्डिएर तथा छतमा बसेर यात्रा गर्न नपाउने व्यवस्था पनि गरेको छ ।

हरेक सार्वजनिक सवारीसाधनमा प्राथमिक उपचार किट, प्रहरी हटलाइन नम्बर लगायतका आवश्यक सूचनाहरू रहेको स्टिकर, दुर्घटना भएमा संकेत गर्ने वस्तु राख्ने व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ ।

यातायात व्यवस्था विभागबाट आज आइतबारदेखि मध्यम तथा लामो दूरीमा चल्ने सवारीसाधनको आधिकारिक बिक्रेता, ट्राफिक प्रहरी र यातायात व्यवसायीहरूको समन्वयमा उपत्यकाका मुख्यमुख्य स्थानहरूमा यान्त्रिक परीक्षण गर्ने व्यवस्था मिलाउन पनि मन्त्रालयले निर्देशन दिएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।