Thu, Sep 24, 2026
एनआइविल प्रगति फण्ड (NIBLPF) ले इकाईधनीको खातामा लाभांश पठाउन थालेको छ। फण्डले गत वर्षको कमाइबाट कर सहित ४.२० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको थियो। सोहि लाभांश सोमबारदेखि इकाईधनीको खातामा पठाउन थालेको हो।
म्युचुअल फण्डले इकाईधनीहरुलाई कुल ३ करोड १५ लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने छ। इकाई धितो राखेर कर्जा लिएका इकाईधनीले धने बैंक तथा वित्तीय संस्थाको स्वीकृति पत्र बुझाएपछि मात्रै उक्त लाभांश पाउने छन्।
असोज ५ गते, सोमबार, नेपाली शेयरबजार बन्द रहने भएको छ।