दशैं, तिहारका लागि आ(आफ्नो घर जान चाहने यात्रुलाई लक्षित गरी देशभर लागू हुने गरी ‘रुट परमिट’ खुला गरिएके हो ।
विभागले असोज २३ गतेसम्म लागू हुने गरी यात्रुको सहजताको लागि पमिट खुल्ला गरेको हो । बाटोको विशेष प्रकृतिका कारण निषेध गरिएका आकार र प्रकारका सवारीसाधनमा भने बन्देज कायम रहने विभागले जनाएको छ ।
चाडपर्व लक्षित काठमाडौंबाट बर्षेनि लाखौ. मानिस बाहिरिने गरेका छन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले यो बर्ष १८ देखि २० लाख हाराहारीमा यात्रु बाहिरिने अनुमान गरिएको बताए ।