‘खल्ती’ ISO 27001 : 2013 द्वारा प्रमाणित

Sep 26, 2022 02:24 PM merolagani

अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती’ ISO 27001 : 2013 द्वारा प्रमाणित  भएको छ। खल्तीले आफूसँग सम्बन्धित सबै सरोकारवालाको डाटा सुरक्षा तथा संचालनलाई ISO 27001 : 2013 प्रमाणिकरण गरेको हो।

यस प्रमाणिकरण प्राप्त भए संगै अब खल्तीको संचालन प्रकृया अझ पारदर्शी र सुरक्षित हुने अपेक्षा गरिएको छ।

ISO 27001 : 2013 एक अन्तर्राष्ट्रिय सुरक्षा मापदण्ड हो जसले निजि तथा सरकारी कम्पनीले कसरी आफ्नो डेटा व्यवस्थापन गरिन्छ, सूचना सुरक्षा व्यवस्थापन प्रणालीलाई कार्यान्वयन गरिन्छ,कायम राख्ने र निरन्तर रूपमा सुधार गरिन्छ भन्ने सन्दर्भमा उत्कृष्ट अभ्यासहरू प्रस्तुत गर्दछ।

खल्तीले सुरक्षित डाटा सुरक्षा व्यवस्थापन, उपलब्धता र उत्तरदायित्व कायम गर्न तथा सुरक्षा उल्लङ्घनलाई रोक्न र न्यूनीकरण गर्न प्रतिबद्ध रहने वाचा गरेको छ।

यस प्रमाणिकरण बारेमा खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने , “ISO 27001 : 2013 द्वारा प्रमाणित भए संगै खल्तीको सेवा र डाटा सुरक्षा प्रतिको प्रतिबद्धलाई अझै प्राथमिकता दिँदै साथमा लाग्ने बिश्वास दिलाउन चाहन्छौ र साथै हामी प्रतिको यो विश्वासलाई कायम गर्दै अझै गुणस्तरिय सेवा प्रदान गर्न हामीलाई थप चुनौती थपिएको छ जुन पुरा गर्न हामी सदा प्रतिबद्ध छौं।”

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।