नेपाल एयरलाइन्सको एयर टिकट अनलाइनबाटै किन्न मिल्ने

Sep 26, 2022 03:27 PM MeroLagani

नेपाल वायुसेवा निगमले दशैंको अवसर पारेर आफ्नो उडान सेवा भएका सबै अन्तर्राष्ट्रिय सेक्टरहरुमा अनलाइन टिकेटिङ्गमार्फत टिकट बुकिङ्ग सेवा शुरु गरेको छ ।

यात्रुले आफू बसेकै ठाउँबाट निगमको वेवसाइट नेपालएयरलाइन्स डटकमडटएनपीबाट अनलाइन बुकिङ्ग गरी आफ्नो उडान गन्तव्यको टिकट खरिद गर्न सक्ने निगमले जनाएको छ । निगमले हाल दिल्ली, मुम्वई, बैंगलौर, दुवई, दोहा, हङ्गकङ्ग, क्वालालाम्पुर, बैंकक, नारिता र रियादमा आफ्नो सेवा प्रदान गर्दै आइरहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।