वल्ड फेडरेशन अफ एक्सचेन्जको ६१ औँ महासभा माल्टामा आजबाट सुरु, नेपालबाट कृष्ण बहादुर कार्की र निरञ्जन फुयाँल सहभागी

Sep 27, 2022 01:34 PM merolagani

माल्टा स्टक एक्सचेन्जद्वारा आयोजित विश्व फेडरेशन अफ एक्सचेन्ज(डब्लुएफइ) को ६१ औँ महासभा माल्टाको राजधानी भेलेटमा आजदेखि सुरु भएको  छ।  महासभा दुई दिन चल्ने छ।

मंलबार र बुधवार चल्ने महासभामा विश्वका दुई सय ५० भन्दा बढी बजार पूर्वाधार प्रदायक संस्थाहरूको प्रतिनिधित्व हुने आयोजक माल्टा स्टक एक्सचेन्जले जनाएको छ।

 

उक्त महासभामा सहभागी हुन नेपालका तर्फबाट नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्की र  कायममुकायम प्रबन्धक निरञ्जन फुयाँल माल्टा पुगेका छन्।

सभामा नेपालले सदस्य राष्ट्रको रुपमा सहभागिता जनाएको छ। जहाँ विश्वव्यापी विनिमयका अगुवाहरू,नियामक अधिकारीहरू,खरिद-पक्ष, शिक्षा विद्हरू,मिडियाका उद्योग विशेषज्ञहरूको उपस्थिति छ। दुई दिन चल्ने उक्त सभामा ४० भन्दा बढी स्टक विज्ञ विद्धानहरूको कार्यपत्र प्रस्तुतिको कार्यक्रम रहेको छ। जसमा माल्टाका प्रधानमन्त्री डा. रोबर्ट अबेटा प्रमुख वक्ताका रुपमा रहेका छन्। 

१९६१ मा स्थापित डब्लुएफइ एक्सचेन्ज र क्लियरिंग हाउसहरूको विश्वव्यापी छाता संघ हो। लन्डनमा मुख्यालय रहेको उक्त संस्थामा दुई सय ५० भन्दा बढी सदस्य छन्। जसको नेपाल स्टक एक्सचेन्ज पनि एक सदस्य हो। 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।