एनएमबी बै‌कको बडा दशैंमा बडा डिजिटल धमाका

Sep 27, 2022 05:37 PM Merolagani

एनएमबि बैंक(NMB)ले आफ्ना ग्राहकहरूलाई कार्ड र मोबाइल बैंकिङ्ग छुट र क्यासब्याक सुविधा प्रदान गर्न बिभिन्न स्टोर र ब्रान्डसँग सहकार्य गरेको जनाएको छ । बैंकले यस उत्सवलाई लक्षित गरी २००० सम्म छुट सुविधाहरू प्रदान गरेकाे छ ।

एनएमबि बैंकले २०७९, आश्विन १० देखि बडा दशैंमा बडा डिजिटल धमाका सुरु गरेको छ जस अन्तर्गत ग्राहकले मोबाइल बैंकिङ्ग र कार्ड प्रयोग गर्दा २००० सम्म पैसा बचत गर्न सक्नेछन् ।

डेबिट कार्डः एनएमबि बैंकको ग्राहकहरु डेबिट कार्ड बाट ई–कमर्श/पोसमा कारोवार गर्दा १०% वा ३०० रूपैयाँसम्म क्यासब्याक पाइनेछ ।

क्रेडिट कार्ड : एनएमबि बैंकको ग्राहकहरु क्रेडिट कार्ड बाट ई–कमर्श/पोसमा कारोबार गर्दा २०% वा ५०० रूपैयाँसम्मको क्यासब्याक पाउनेछन्।

ईएनएमबी एपः

एनएमबि बैंकको ग्राहकहरुले eNMB एपबाट एनटिसी/एनसेल टपअपमा ३% तत्काल क्यासब्याक अफर पाऊनु हुनेछ । त्यस्को साथसाथै, eNMB एपबाट क्यूआर पेमेन्ट गर्दा १०% वा २०० रूपैयाँसम्मको क्यासब्याक पाउन सकिनेछ ।

एनएमबिका ग्राहकहरूले निम्न छुटहरू, क्यासब्याक सुविधाहरू निम्न व्यापारीक स्थानहरूमा प्राप्त गर्न सक्नेछन् ।

क्र.स.  ब्राण्ड र स्टोर                 भुक्तानी विधि                        छुट र नगद फिर्ता अफर
१. इभो स्टोर                    एनएमबिका डेबिट/क्रेडिट कार्ड र          ३,००० भन्दा बढीको खरिदमा                                                 eNMB                            फ्ल्याट ने.रु. १,५०० को क्यासब्याक

 

२. सिजी                        एनएमबिका डेबिट/क्रेडिट कार्ड र           ३,००० भन्दा बढीको खरिदमा                                                    eNMB                      २०% वा ने.रु. १,५०० को क्यासब्याक

३. IMS स्मार्ट                एनएमबिका डेबिट/क्रेडिट कार्ड र       २,५००० भन्दा बढीको खरिदमा                                                 eNMB                                फ्ल्याट ने.रु. १,००० को क्यासब्याक

४. हिम ईलेक्ट्रोनिक्स   एनएमबिका डेबिट/क्रेडिट कार्ड र       २,५००० भन्दा बढीको खरिदमा                                                 eNMB                                  फ्ल्याट ने.रु. १,००० को क्यासब्याक

५. योयोसो             एनएमबिका डेबिट/क्रेडिट कार्ड र             १५% वा ५०० रूपैयाँ क्यासब्याक
                                         eNMB

६. ग्यापु (अनलाईन)   एनएमबिका डेबिट/क्रेडिट कार्ड                १०% वा ने.रु. १,००० क्यासब्याक

७.सस्तोडिल (अनलाईन)  एनएमबिका डेबिट/क्रेडिट कार्ड          २०% वा ने.रु. २,००० क्यासब्याक

एनएमबि बैंककाे हाल देशभर २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु रहेका छन् ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।