कोषले हिमाल दोलखा हाइड्रोपावरको हकप्रद शेयरको प्रत्याभुति गर्ने

Sep 27, 2022 06:00 PM MeroLagani

नागरिक लगानी कोषले हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद शेयरको प्रत्याभुति गर्ने भएको छ । मंगलबार कोष र हाइड्रोपावर कम्पनी बीच प्रत्याभुति गर्ने सम्झौतामा हस्ताक्षर भएको हो ।

कम्पनीको हाल कायम चुक्ता पूँजी १ अर्ब ६० करोड रुपैयाँको ७५ प्रतिशत (१ः०.७५को अनुपात) ले हुने १ अर्व २० कारोड रुपैयाँको १ करोड २० लाख कित्ता हकप्रद शेयरको प्रत्याभुति कोषले गर्ने भएको छ । सो सम्वन्धी सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र दोलखा हाइड्रोपावरको अध्यक्ष रन्जना दाहालले हस्ताक्षर गरेकाे हाे ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।