कृषि विकास बैंकका सीईओ अनिलकुमार उपाध्याय बैंक तथा वित्तीय विशेष सम्मानबाट सम्मानित

Sep 28, 2022 11:31 AM Merolagani



बैंक तथा वित्तीय विशेष सम्मानबाट कृषि विकास बैंक(ADBL)का सीईओ अनिलकुमार उपाध्याय सम्मानित भएका छन् । एएमएस म्युजिक एण्ड इन्टरटेनमेन्ट प्रालिले बैंकर उपाध्यायलाई सो सम्मान प्रदान गरेको हो ।

बैंक तथा वित्तीय क्षेत्र मार्फत देशको अर्थतन्त्रलाई समृद्धतर्फ अघि बढाउन खेलेको भूमिकाको प्रशंसा गर्दै सम्मान प्रदान गरिएको हो । उनी विगत लामो समयदेखि बैंकिङ्ग क्षेत्रमा महत्वपुर्ण भुमिका निर्वाह गर्दै आईरहेकाले उक्त सम्मान प्रदान गरेको हो ।

उक्त सम्मान उपराष्ट्रपति नन्दबहादुर पुनले असोज ९ गतेका दिन एक कार्यक्रमका माझ उपाध्यायलाई हस्तान्तरण गरेका हुन् ।




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।