ब्रोकर लाइसेन्सको सिफारिसको लागि नेप्सेमा मंगलबारसम्म १० कम्पनीको निवेदन, सिफारिस बिनै हिमालयनले कसरी दियो बोर्डमा आवेदन ?

Oct 12, 2022 11:50 AM merolagani



नयाँ ब्रोकर लाइसेन्सको सिफारिसको लागि नेपाल स्टक एक्सचेन्जमा मंगलबारसम्म १० कम्पनीको निवेदन परेको छ। नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्णाबहादुर कार्कीले १० कम्पनीको निवेदन परेको जानकारी दिएका हुन्।     

“मंगलबार सम्म भोलेनलेज सेक्युरुटिजज, क्यापिटल म्याक्स सेक्युरुटिज,कलश सेक्युरुटिज, प्रोपर्टि बिगाड,शेयर ब्रो सेक्युरुटिज,हिमालयन ब्रोकरेज,एनएमबि सेक्युरुटिज, केबिएल सेक्युरुटिज, माछापुच्छ्रे सेक्युरुटिज, प्रभु स्टकको निवेदन परेको छ” कार्कीले मेरो लगानीसँग भने।

कार्कीका अनुसार अहिलेसम्म कुनै पनि कम्पनीलाई नेप्सेले सिफारिस गरेको छैन। के कसरी सिफारिस गर्ने भन्दै बुधवार बोर्ड बैठक डाकिएको छ। यस अघि कार्कीले नेप्सेको कार्यविधि अनुसार नै सिफारिस गर्ने भन्दै आएका थिए। तर बोर्डमा अर्थ मन्त्रालयका प्रतिनिधि समेत हुने भएकोले कार्कीको अडानलाई साइड लगाएर नयाँ निर्णय आउन सक्ने स्रोतको भनाई छ।

तर उता नेपाल धितोपत्र बोर्डमा भने एक कम्पनीले नेप्सेको सिफारिस बेगर नै निवेदन दर्ता गराएको छ। हिमालयन ब्रोकरेजले नेप्सेको सिफारिस बिनै निवेदन दर्ता गराएको हो। “बोर्डमा हिमालयन ब्रोकरेजको निवेदन परेको छ। उसले अावश्यक कागज पत्र पुर्‍याएको नपुर्‍याएको भने हेर्न वाँकी छ” बोर्डका प्रवक्ता रुपेश केसीले भने।

केसीका अनुसार निवेदन दिन पाइन्छ। निवेदनमा कागजात पुगे नपुगेको भने अध्ययनपछि मात्रै थाहा हुने छ। तर नेप्सेका अनुसार कुनै पनि सिफारिस माग्न आउनेलाई अहिलेसम्म सिफारिस दिइएको छैन। “सिफारिस मेरै शाखाबाट जाने हो। अहिलेसम्म कुनै पनि कम्पनीलाई सिफारिस दिइएको छैन” नेप्से अर्का अधिकारी गिरिराज दाहालले भने।     

 




सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँट

Jan 26, 2026 04:34 PM

सोलु हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीकाे शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो।