विश्वका ५ सफल महिला लगानीकर्ता

Nov 09, 2022 05:49 PM Merolagani

फाइनान्स अहिलेसम्म पुरुष प्रधान पेशा रहिआएको छ, विशेष गरी शीर्ष स्थानमा। तर अब महिलाहरुको लागि फाइनान्समा धेरै अवसरहरु छन् जसका लागि ती महिलाहरुप्रति आभारी हुनुपर्छ जसले आफ्नो क्षेत्रमा आफुलाई अग्रगामी स्थापित गरे।

यदि तपाई वित्त क्षेत्रमा नेतृत्वको भूमिका लिन चाहनुहुन्छ र आदर्शको खोजीमा हुनुहुन्छ भने, यहाँ ५ शीर्ष महिला लगानीकर्ताहरु छन् जसले आफ्नो फरक पहिचान बनाउन, जोखिम लिन र जवाफमा ‘नाई’ सुन्न अस्वीकार गर्दै सफलता हासिल गरेका छन्।

१) जेरल्डीन वाइस, लगानी सल्लाहकार

‘ग्राण्ड डेम अफ डेभिडेन्ड’ को उपनाम पाएकी जेरल्डीन वाइस वित्त क्षेत्रमा आफैले नाम कमाउन र महिलाहरु पनि सफल लगानीकर्ता हुन सक्छन् भन्ने प्रमाणित गर्ने पहिलो महिला हुन्। उनले लगानीको बारेमा पुस्तक पढेर, आफ्ना अभिभावकहरुको कुरा सुनेर र कलेजमा बिजनेस र फाइनान्स पढेर सिकेकी हुन्।

पढाईका बाबजुत कुनै पनि कम्पनीहरुले उनलाई सेक्रेटरी भन्दा माथिको पदका लागि छनोट गर्ने रुची देखाएनन्। अस्वीकारको सामना गर्दै, उनले सने १९६६ मा ४० वर्षको उमेरमा आफ्नै लगानी न्यूजलेटर सुरु गरिन्। लैंगिक विभेदबाट बच्न, वाइसले आफ्नो न्यूजलेटरको नाम ‘जी वाइस’ राखे। निरन्तर सफल ट्रयाक रेकर्ड हासिल गरेपश्चात पनि, सन् १९७७ मा प्रख्यात पीबीएस–टिभी कार्यक्रम ‘वाल स्ट्रीट विक विद लुइस रुकेजर’ मा अतिथिको रुपमा उपस्थित हुनुभन्दा अघिसम्म पनि उनको पहिचान गुमनाम नै थियो।

वाइसको भ्यालु बेस्ड, डिभिडेन्ड ओरियन्टेड स्टक चयन गर्ने रणनीतिले अन्य न्युजलेटरले सुझाएका सबै रणनीतिहरुभन्दा उत्कृष्ट कार्य गर्यो र खराब मार्केटमा पनि औषतभन्दा बढी प्रतिफल प्राप्त गर्न सफल भयो। उनले सने २००२ मा रिटायर हुनुभन्दा अघि, ३६ वर्षसम्म ‘इन्भेष्टमेन्ट क्वालिटी ट्रेण्ड’ न्यूजलेटर प्रकाशित गरेकी थिइन। सो न्यूजलेटर अझै पनि छ र अझै पनि वाइसकै रणनीतिलाई पछ्याइरहेको छ।

२) मुरिय साइबर्ट, ब्रोकरेज संस्थापक

कलेजबाट कहिल्यै स्नातक नगरी, मुरिय साइबर्टले फाइनान्समा प्रवेश–स्तरको अनुसन्धान पदहरु प्राप्त गरे, त्यसपछि पार्टनर बने र सन् १९६७ मा ‘मुरिय साइबर्ट एण्ड कम्पनी’ नामक ब्रोकरेज फर्म स्थापना गरे। उनको फर्मलाई न्यूयोर्क स्टक एक्सचेञ्जमा दर्ता गराउने प्रक्रियामा पुरुषहरुबाट धेरै अस्वीकृतीहरु सामना गर्नुपरेको थियो। यसका साथै उनको आवेदनलाई प्रायोजित गर्न नमान्ने र एक्सचेञ्जको महँगो प्रवेश आवश्यकताहरु पुरा गर्न आवश्यक फाइनान्सिङ्ग प्राप्त गर्न कठिनाइहरुको सामना गर्नुपरेको थियो। उनी झन् लगनशील भइन र उनको फर्म न्यूयोर्क स्टक एक्सचेञ्जको पहिलो महिला स्वामित्व भएको सदस्य बन्न सफल भयो।

सन् १९७५ मा, संघीय सरकारले ब्रोकरहरुको लागि निश्चित कमिशनहरु खारेज गरेपछि साइबर्ट डिस्काउण्ट ब्रोकरिङ्ग गर्न थाले, जुन त्यो समयको लागि नयाँ अवधारणा थियो।

साइबर्ट आफ्नो वित्तीय दक्षतालाई अर्को पुरुष प्रधान पेशा, राजनीतिमा ल्याउनका लागि अघि बढे। न्यू योर्क स्टेट बैंकिङ्ग डिपार्टमेन्टको पहिलो महिला सुपरिटेन्डेन्टको रुपमा सन् १९७७ देखि १९८२ सम्म काम गर्दा उनले उथलपुथल भएको बजारबाट बैंकहरुलाई असफल हुनबाट रोक्न सहयोग गरे। रिपब्लिकनका रुपमा उनले यु एस सिनेट सिटका लागि पनि आवेदन दिएकी थिइन्। उनको मृत्यु सन् २०१३, अगष्ट २४ मा भएको थियो।

३) एबी जोसेफ कोहेन

एबी जोसेफ कोहेनलाई दशकौँसम्म सम्मानित र आदरणीय पोर्टफोलियो रणनीतिकारका रुपमा चिनिन्छन्। फेडरल रिजर्भ बोर्डको अर्थशास्त्रीको रुपमा कार्य गरिसकेपछि, कोहेनले सन् १९९० मा गोल्डम्यान साक्समा सामेल हुनु अघि टि रोय प्राइस लगायत प्रमुख वित्तीय फर्महरुमा अर्थशास्त्री र क्वान्टिटेटिभ रणनीतिकारको रुपमा काम गरे। सन् १९९८ मा उनी पार्टनर बने। सन् १९९० को बुल मार्केटमा उनको सकारात्मक र सहि पूर्वानुमानले उनलाई फाइनान्स र मिडियामा स्टार बनायो।

कोहेन सन् २०२१ को अन्त्यमा उनी गोल्डम्यान्स ग्लोबल मार्केट इन्स्टिच्युटबाट प्रमुख रणनीतिकार र अध्यक्ष पदबाट सेवानिवृत्त भइन्। निवृत्तको समयमा, कोहेन कोलम्बीया युनिभर्सिटीमा विजनेशको प्रोफेसर बनिन्।

कार्नेल युनिभर्सिटी, चार्टर्ड फाइनान्सियल एनालिस्ट इन्स्टिच्युट, मेजर लिग बेसबल र काउन्सिल अन फरेन रिलेसनमा पनि प्रतिष्ठित पद सम्हालेकी छिन्।

४) मेलोडी हब्सन

मेलोडी हब्सन सिकागोमा आधारित एरियल इन्भेष्टमेन्टका को–सिईओ र अध्यक्ष हुन्। उनी वित्तीय साक्षरताको समर्थक हुन् र नियमित राष्ट्रिय टेलिभिजनमा देखा पर्दछिन्। सन् २०१५ मा टाइम म्यागेजिनले उनलाई विश्वका १०० प्रभावशाली व्यक्तिमध्ये एक घोषित गरेको थियो।

हब्सन स्टारबक्सको सञ्चालक समितिका अध्यक्ष र जेपी मोर्गन चेजका सञ्चालक पनि हुन्। यस अघि, उनले ड्रिमवर्कस एनिमेसन, कमकास्टमा बिक्री हुनुअघिसम्म अध्यक्षको रुपमा कार्य गरेकी थिइन्। यसका साथै, हब्सन एस्टी लाउडर कम्पनीहरुको लामो समयदेखि सञ्चालक सदस्य थिइन्।

सन् २००० देखि एरियलको अध्यक्ष रहेकी हब्सनलाई सन् २०१९ मा को सिईओ घोषणा गरिएको थियो। उनलाई संस्थापक तथा को सिईओ जोन डब्लु रोजर्स जुनियरले नियुक्त गरेका थिए। त्यो बेला उनी प्रिन्सटन युनिभर्सिटीकी विद्यार्थी थिइन्। हब्सनले आफ्नो ३० वर्षे करियरको सुरुवात समर इन्टर्नको रुपमा गरेकी थिइन्।

५) एबिगेल जोनसन

फिडिलिटी इन्भेष्टमेन्टमा करिब २५ वर्षसम्म काम गरेपश्चात धनाद्य एबिगेल जोनसन त्यस कम्पनीका अध्यक्ष र सिईओ बनिन्। उनी फिडिलिटीका पूर्व सिईओ एडवार्ड सी जोनसनकी छोरी र कम्पनीका संस्थापककी नातिनी हुन्। उनी कम्पनीको करिब २५ प्रतिशतकी मालिक हुन् र सन् २०२२ मेसम्ममा उनको नेटवर्थ करिब १९.६ बिलियन डलर आंकलन गरिएको थियो।

सही परिवारमा जन्मिएकीले जोनसनलाई अहिलेको स्थानमा पुग्न मद्दत गर्यो भन्ने कुरामा कुनै शंका छैन। भनिन्छ, सन् २०२१ सम्ममा व्यवस्थापन अन्तर्गत करिब ४.५ ट्रिलियन सम्पत्ती र ७५ वषएको इतिहास भएको सबैभन्दा ठूलो म्युचुअल फण्ड कम्पनीहरुमध्ये एक, फिडिलिटीले नाम मात्रको आधारमा कसैलाई जिम्मेवारी दिनु धेरै जोखिम छ। हवर्डबाट एमबीए गरेकी जोनसनले कम्पनीमा उच्च पद प्राप्त गर्नु अघि एक दशकसम्म एक ग्राहक सेवा प्रतिनिधि, एक विश्लेषक र एक इक्विटी पोर्टफोलियो म्यानेजरको रुपमा काम गरेकी थिइन्।

(इन्भेष्टोपिडियाबाट)

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।