आम्दानी घटेपछि जनउत्थान सामुदायिक लघुवित्त नोक्सानीमा

Nov 16, 2022 05:19 AM Merolagani



जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड (JSLBB) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरण अनुसार सो अवधिसम्ममा कम्पनीले नोक्सानी व्यहोरेको छ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तले ७६ लाख ७४ हजार रुपैयाँ नोक्सानी व्यहोरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी घटेको र सम्भावित जोखिम बापतको व्यवस्थामा बढी रकम छुट्याएका कारण लघुवित्तले नोक्सानी व्यहोरेको हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २८.४५ प्रतिशत घटेको छ भने अन्य सञ्चालन आम्दानी ४४.६२ प्रतिशत घटेको छ। त्यसैगरी, लघुवित्तको कुल सञ्चालन आम्दानी ३२.५१ प्रतिशत घटेको छ। सो अवधिसम्ममा लघुवित्तले सम्भावित जोखिमबापतको व्यवस्थामा २ करोड ७० लाख रुपैयाँ छुट्याएको छ। जसका कारण सञ्चालन मुनाफा २ करोड ६१ लाख रुपैयाँ ऋणात्मक भएको छ।

असोज मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर आम्दानी २० रुपैयाँ ७५ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ १७९ रुपैयाँ ५ पैसा रहेको छ।

असोज मसान्तसम्ममा १४ करोड ७९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ११ करोड ६९ लाख रुपैयाँ रहेको छ। गत आर्थिक वर्षको असोज मसान्तको तुलनामा चालु आर्थिक वर्षको साही अवधिसम्ममा कम्पनीको सापटी १२.४३ प्रतिशत बढेको छ भने निक्षेप १३.६१ प्रतिशत र कर्जा ७.७६ प्रतिशत बढेको छ।




८१ लाख डिम्याट धारकलाई थाहा नभएको त्यो रहस्य: अर्थ समितिमा खुल्यो शेयर बजारको असली रूप !

Oct 01, 2026 02:48 PM

सुवास निरौला
नेपालको पूँजी बजारमा सर्वसाधारणको सहभागिता संख्यात्मक हिसाबले नयाँ उचाइमा पुगेको देखिए पनि त्यसको गुणात्मक फैलावट र दोस्रो बजारको वास्तविक पहुँचमा भने गम्भीर खाडल देखिएको छ।