नाफासँगै घट्यो सामुदायिक लघुवित्तको ईपीएस

Nov 17, 2022 01:50 PM Merolagani



सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड (SLBSL) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको नाफा घटेको छ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तले ९६ लाख ७४ हजार रुपैयाँ नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८.२३ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १ करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी घटेसँगै सञ्चालन मुनाफा ऋणात्मक भएपछि लघुवित्तको नाफा घट्न पुगेको हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १९.८८ प्रतिशत घटेको छ भने अन्य सञ्चालन आम्दानी २०.५१ प्रतिशत घटेको छ। त्यसैगरी, लघुवित्तको कुल सञ्चालन आम्दानी १९.८५ प्रतिशत घटेको छ। सो अवधिसम्ममा लघुवित्तले सम्भावित जोखिमबापतको व्यवस्थामा १ करोड ४४ लाख रुपैयाँ छुट्याएको छ। जसका कारण सञ्चालन मुनाफा १ करोड १५ लाख रुपैयाँ ऋणात्मक भएको छ।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी अर्थात ईपीएस पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी २ रुपैयाँ ६३ पैसा घटेर २९ रुपैयाँ ३२ पैसामा झरेको छ। असोज मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ४३.१८ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १७५ रुपैयाँ ६० पैसा रहेको छ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी स्थिर रहेको छ भने जगेडा कोष २५.८९ प्रतिशत बढेको छ। त्यसैगरी, लघुवित्तको सापटी २२.१९ प्रतिशत बढेको छ भने निक्षेप १४.४५ प्रतिशत र कर्जा १८.५६ प्रतिशत बढेको छ।




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।