नेशनल हाइड्रोपावर हकप्रद शेयर निष्काशन गर्न अनुमति माग्दै बोर्ड पुग्यो

Nov 18, 2022 01:55 PM Merolagani



नेशनल हाइड्रोपावर कम्पनी लिमिटेड (NHPC) ले हकप्रद शेयर निष्काशन गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

कम्पनीले कात्तिक २२ गते हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने अनुमति माग्दै बोर्डमा आवेदन दिएको हो ।

कम्पनीले ८२ करोड २१ लख ४५ हजार रुपैयाँ बराबरको ८२ लाख २१ हजार ४५९.७१ कित्ता शेयर निष्काशन गर्नेछ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तीनाथ क्यापिटल रहेको छ ।

 




६ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Nov 27, 2025 07:17 AM

मंसिर ११ गते, बिहीबार, ६ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, सर्वोत्तम सिमेन्ट, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, कृषि विकास बैंक, बरुण हाइड्रोपावर र ङादी ग्रुप पावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।