निर्वाचन सकिनासाथ सस्तियो सुनचाँदीको भाउ

Nov 21, 2022 12:10 PM Merolagani



निर्वाचन सकिनासाथ सुनचाँदीको भाउ सस्तिएको छ । मंसिर ५ गते, सुन तोलामा ६०० रुपैयाँले घटेको छ । यसैगरी, चाँदी आज तोलामा १५ रुपैयाँले ओरालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, तेजाबी सुन प्रतितोला ९७ हजार रुपैयाँमा झरेको छ ।

निर्वाचनको दिन सुनको भाउ तोकिएको थिएन । सार्वजनिक विदाका कारण सुनको भाउ मंसिर २ गतेकै भाउमा सुनचाँदी कारोबार भएको थियो । साे  दिन सुन प्रतिताेला १०० रूपैयाँले बढेर ९८ हजार १०० रूपैयाँ पुगेकाे थियाे ।

सोमबार चाँदीको मूल्य तोलामा १५ रुपैयाँले सस्तिएको छ । यस दिन चाँदी प्रतितोला एक हजार २६५ रुपैयाँमा खरिदबिक्री हुँदैछ । यसअघि, शुक्रबार चाँदी प्रतितोला एक हजार २८० रुपैयाँमा किनबेच भएको थियो ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।