थप तीन कम्पनीले दिए शेयर कारोबार खोल्न निवेदन, कसले दिए ?

Nov 22, 2022 11:55 AM merolagani



मर्जर र प्राप्तिका कारण लामो समयदेखि कारोबार रोकिएका तीन कम्पनीले दोस्रो बजारमा कारोबार खोल्न भन्दै नेपाल स्टक एक्सचेन्जमा निवेदन दिएका छन्। साना किसान लघुवित्त, आएमडिसि र सिभिल बैंकले निवेदन दिएका हुन्।

 उनीहरूले निवेदन दिएसँगै कारोबार खोल्ने प्रक्रिया अघि बढाइएको छ। प्रक्रिया समाप्त भए लगत्तै कारोबार खोलिने नेप्सेको भनाइ छ। उनीहरूको कारोबार खोल्न नेप्सेले केही थप कागज पत्र माग गरेको छ। उनीहरूले आजै कागजपत्र ल्याए तत्कालै कारोबार खुल्ने नेप्सेको भनाई छ।

लामो समयदेखि मर्जरका कारण साना किसान लघुवित्त र आएमडिसिको कारोबार रोकिएकाे थियाे । त्यसैगरी सिभिल बैंकलाई हिमालयन बैंकले प्राप्ति गरेका कारण उसको शेयर कारोबार रोक्का थियो।  

 




भदौ २२ गते यी तीन जिल्लामा हुने भयाे सार्वजनिक बिदा

Sep 03, 2026 02:16 PM

बागमती प्रदेश सरकारले चेपाङ समुदायको प्रमुख पर्व न्वागी (छोनाम) को अवसरमा भदौ २२ गते सोमबार तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।