पिपुल्स हाइड्रोपावरको आईपीओ बाँडफाँट, योग्य आवेदक मध्ये ४०.३८ प्रतिशतले शेयर पाए

Nov 23, 2022 04:21 PM Merolagani



पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले कात्तिक २५ गतेदेखि  २९ गतेसम्म निष्काशन गरेको आईपीओ बाँडफाँट भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सनिमा क्यापिटलको कार्यलय नक्सालमा बुधबार साँझ ४ बजे शेयर बाँडफाँट भएको हो ।

कम्पनीको शेयरमा १२ लाख ७७ हजार ५९ जना योग्य आवेदकबाट एक अर्ब ३७ करोड ८५ लाख २२ हजार रुपैयाँ बराबरको १ करोड ३७ लाख ८५ हजार २२० कित्ता शेयरको लागि आवेदन परेको छ ।

यो सर्वसाधारणलाई निष्काशन गरेको ५१ लाख ५७ हजार ८८० कित्ताको २.६८ गुणा बढी हो ।

कम्पनीको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार न्युनतम १० कित्ताको दरले शेयर वितरण भएको छ । त्यस अनुसार शेयर वितरण गर्दा योग्य आवेदक मध्ये ५ लाख १५ हजार ७८८ जना आवेदकले १० कित्ताको दरले शेयर पाएका छन् ।

हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब ४० करोड रुपैयाँ रहेको छ । आयोजना प्रभावित स्थानियलाई र सर्वसाधारणलाई गरी ८० करोड रुपैयाँ बराबरको शेयर निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ३ अर्ब ३० करोड रुपैयाँ पुग्नेछ ।




यी चार कारण जस्ले गर्दा बालेनले प्रधानमन्त्री बन्ने आँट गरेनन्

Sep 12, 2025 04:56 PM

जेनजी आन्दोलनका कारण सरकार ढलेपछि धेरैको ध्यान काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन साहमाथि गयो । उनी नै प्रधानमन्त्री हुनेछन् भन्ने धेरैको अनुमान थियो । जेनजीमध्ये अधिकाँशको माग पनि त्यही थियो ।