झण्डै दाेब्बर मतले कैलाली १ मा नागरिक उन्मुक्ति पार्टीकी अध्‍यक्ष रञ्जिता श्रेष्ठ विजयी

Nov 24, 2022 04:47 PM Merolagani



कैलाली १मा नागरिक उन्मुक्ति पार्टीकी अध्‍यक्ष रञ्जिता श्रेष्ठ विजयी भएकी छिन् । उनले नेपाली कांग्रेसका उम्‍मेदवार रामजनम चौधरीलाई १२ हजार ३२३ मतान्तरले पराजित गरेकी हुन् ।

श्रेष्ठले ३० हजार ४०४ मत प्राप्ते गरेकी छिन् भने चौधरीले १८ हजार ८ मत पाएका हुन् । यसैगरी,नेकपा एमालेका उम्‍मेदवार तपेन्द्र रावल ५ हजार ९१० मतमा रोकिए ।

रञ्जिता श्रेष्ठ रेशम चौधरीकी श्रीमती हुन् । २०७४ सालमा टीकापुर घटनामा जेल जीवन बिताइरहेका रेशम चौधरीले भूमिगत अवस्थामै ३४ हजार बढी मतले यो क्षेत्रबाट विजयी भएका थिए । कारागारमै रहेको समयमा केही महिना अघि मात्र उनले श्रीमती श्रेष्ठको अध्यक्षतामा पार्टी स्थापना गरेका थिए ।

 




चैत १२ सम्मको समय शेयर बजारका लागि 'हनिमुन पिरियड'

Mar 20, 2026 06:29 AM

सुवास निरौला

नेपालको पूँजी बजार (नेप्से) यति बेला एउटा यस्तो रोचक मोडमा आइपुगेको छ। जहाँ राजनीति र अर्थतन्त्रको सम्बन्ध केवल सिद्धान्तमा मात्र होइन, कारोबारका अंकहरूमा समेत स्पष्ट प्रतिबिम्बित भइरहेको छ।