झण्डै दाेब्बर मतले कैलाली १ मा नागरिक उन्मुक्ति पार्टीकी अध्‍यक्ष रञ्जिता श्रेष्ठ विजयी

Nov 24, 2022 04:47 PM Merolagani



कैलाली १मा नागरिक उन्मुक्ति पार्टीकी अध्‍यक्ष रञ्जिता श्रेष्ठ विजयी भएकी छिन् । उनले नेपाली कांग्रेसका उम्‍मेदवार रामजनम चौधरीलाई १२ हजार ३२३ मतान्तरले पराजित गरेकी हुन् ।

श्रेष्ठले ३० हजार ४०४ मत प्राप्ते गरेकी छिन् भने चौधरीले १८ हजार ८ मत पाएका हुन् । यसैगरी,नेकपा एमालेका उम्‍मेदवार तपेन्द्र रावल ५ हजार ९१० मतमा रोकिए ।

रञ्जिता श्रेष्ठ रेशम चौधरीकी श्रीमती हुन् । २०७४ सालमा टीकापुर घटनामा जेल जीवन बिताइरहेका रेशम चौधरीले भूमिगत अवस्थामै ३४ हजार बढी मतले यो क्षेत्रबाट विजयी भएका थिए । कारागारमै रहेको समयमा केही महिना अघि मात्र उनले श्रीमती श्रेष्ठको अध्यक्षतामा पार्टी स्थापना गरेका थिए ।

 




१९ कम्पनीले गरे लाभांश घोषणा, कुन कम्पनीको शेयर किन्दा अझै पाइन्छ लाभांश ?

Oct 08, 2025 06:00 PM

साधारणतया आर्थिक वर्ष सकेपछिकाे पहिलो ६ महिना सूचीकृत कम्पनीहरुले आफ्नो गच्छेअनुसार लाभांश बाँड्ने समय हो । कम्पनीहरुले पुस मसान्त अगाडि नै साधारण सभा गर्ने हुँदा त्यस अगाडि चौथो त्रैमासिक वित्तीय विवरण विश्लेषण गरेर लगानी गर्ने गर्दछन् ।