रुपन्देही ३ मा राप्रपाका दीपक बोहोराले उछिने कांग्रेसका बालकृष्ण खाणलाई, २३१ मतान्तर

Nov 24, 2022 04:49 PM Merolagani



रूपन्देही क्षेत्र नम्बर ३ मा राप्रपाका नेता दीपक बोहराले कांग्रेसका बालकृष्ण खाणलाई उछिनेका छन ।

पछिल्लो मत परिणाम अनुसार राप्रपाका दिपक बोहोराले २१ हजार ८ सय २२ मत प्राप्त गरेका छन ।

त्यस्तै सत्ता गठबन्धनका उम्मेदवार बालकृष्ण खाणले २१ हजार ५ सय ९१ मत ल्याएका छन्। बोहोरा २३१ मतान्तर सहित अघि बढेका छन ।

बोहरालाई नेकपा एमाले र जसपाको समर्थन रहेको छ।




रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट

Jan 02, 2026 09:04 AM

पुस १८ गते, शुक्रबार, रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट भएको छ। कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेको हो।