नवलपरासी १ मा कांग्रेसका उम्मेदवार अर्बपति विनोद चौधरी विजयी

Nov 24, 2022 05:04 PM Merolagani



नवलपरासी १ को प्रतिनिधिसभा तर्फ भएको निर्वाचनको मत गणनामा नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरी विजयी हुने भयेका छन्। अर्बपति चौधरी २८ हजार ५१ मत सहित अघि छन् । 

बिहीबार सार्वजनिक भएको मत परिणाम अनुसार चौधरीले जनता प्रगतिशील पार्टीका उम्मेदवार हृदयेश त्रिपाठी भन्दा  ६ हजार ६५५ मतान्तरले अघि छन् ।

उनका निकटतम प्रतिस्पर्धी त्रिपाठीले २१ हजार ३९६ मत प्राप्त गरेका छन् । अब ३ हजार ६७१ मत गन्न बाकी छ। सबै मत अरुलाइ गएपनि चौधरीको जित निश्चित छ। यहाँ कुल ८४ हजार ३१६ मत खसेको थियो।

प्रारम्भिक मत गणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्र सेन ठकुरीले अग्रता लिएका थिए। ग्रामिण क्षेत्रमा ठकुरीले अग्रता लिएपनि नगरपालीकामा प्रवेश गर्नासाथ ठकुरी पछि परेका हुन्।

* यश अघि प्रकासित समाचारमा तथ्यांक फरक पर्न गएकोमा क्षमा प्राथी छौ। सम्पादक 




१९ कम्पनीले गरे लाभांश घोषणा, कुन कम्पनीको शेयर किन्दा अझै पाइन्छ लाभांश ?

Oct 08, 2025 06:00 PM

साधारणतया आर्थिक वर्ष सकेपछिकाे पहिलो ६ महिना सूचीकृत कम्पनीहरुले आफ्नो गच्छेअनुसार लाभांश बाँड्ने समय हो । कम्पनीहरुले पुस मसान्त अगाडि नै साधारण सभा गर्ने हुँदा त्यस अगाडि चौथो त्रैमासिक वित्तीय विवरण विश्लेषण गरेर लगानी गर्ने गर्दछन् ।