विश्वकप २०२२ः ३२ वटै राष्ट्रको सकियो एक एक खेल, कुन समूहमा कुन राष्ट्रकाे कति अंक?

Nov 25, 2022 06:07 AM Merolagani

कतारमा जारी विश्वकप २०२२ मा सहभागि ३२ वटै राष्ट्रहरुले समूह चरणको १–१ खेल खेलिसकेका छन्। ३२ वटा राष्ट्रलाई ८ समूहमा विभाजिन गरिएको छ।

हरेक समूहमा ४ राष्ट्र छन्। समूहचरणको खेलमा एकै समूहभित्रका ४ राष्ट्रहरु एक आपसमा प्रतिस्पर्धा गर्दै प्रत्येकले ३ खेल खेल्छन्। सो खेलहरुमा सबैभन्दा बढी अंक प्राप्त गर्ने दुई राष्ट्रहरु अर्को चरण अर्थात प्रि क्वाटर फाइनलमा प्रवेश गर्नेछन्।

आज अर्थात मंसिर ९ गते ब्राजिल र सर्बियाको खेल सकिएसँगै प्रत्येक राष्ट्रको १–१ खेल सकिएको छ। सहभागि ३२ राष्ट्रहरुमध्ये ११ राष्ट्रले ३ अंक प्राप्त गरेका छन् अर्थात यी राष्ट्रहरुले जित हासिल गरेका छन्। त्यसैगरी, १० राष्ट्रले अंक बाँडेका छन् अर्थात १ अंक प्राप्त गरेका छन्। बाँकी ११ राष्ट्रहरु पराजित भएका छन्।

समूह ए यस समूहमा ३ अंकसहित नेडरल्याण्ड र इक्वेडर पहिलो र दोस्रो स्थानमा छन् भने सेनेगल र कतारले हालसम्म कुनै अंक पाएको छैन। इक्वेडरले कतारलाई र नेडरल्याण्डले सेनेगललाई २ गोलले पराजित गरेका थिए।

समूह बी यस समूहमा इङ्गल्याण्ड ३ अंकसहित शीर्ष स्थानमा रहेको छ। इङ्गल्याण्डले इरानलाई ४ गोलले हराउँदै सो अंक कमाएको हो। यसै समूहको वेल्स र अमेरिकाले भने बराबरी खेल खेलेर १–१ अंक प्राप्त गरेका छन्।

समूह सी तेस्रो समूहमा अर्जेन्टिनालाई हराएको साउदी अरेयिबा ३ अंकसहित शीर्ष स्थानमा छ भने अर्जेन्टिना शून्य अंकसहित पुछारमा छ। पोल्याण्ड र मेक्सिकोले भने १–१ अंक कमाएका छन्।

समूह डि अष्ट्रेलियालाई ३ गोलले पराजित गर्दै ३ अंक कमाएको फ्रान्स, यस समूहको शीर्ष स्थानमा छ। ट्युनिसिया र डेनमार्कले अंक बाँड्दा अष्ट्रेलिया पुछारमा परेको छ।

समूह ई यस समूहमा स्पेन र जापान ३ अंक सहित पहिलो र दोस्रो स्थानमा छन्। स्पेनले कोष्टारिकालाई र जापानले जर्मनीलाई पराजित गरेर सो अंक कमाएका हुन्।

समूह एफ यस समूहमा बेल्जियमले ३ अंक प्राप्त गरेको छ भने क्रोएशिया र मोरोक्कोले १–१ अंक कमाएका छन्। बेल्जियमसँग पराजित भएको क्यानडा भने समूहको अन्तिम स्थानमा छ।

समूह जी यस समूहमा स्वीजरल्याण्ड र ब्राजिल ३–३ अंक सहित पहिलो र दोस्रो स्थानमा छन् भने सर्बिया र क्यामरुनले कुनै अंक पाएका छैनन्।

समूह एच यस समूहमा पोर्चुगल ३ अंक सहित पहिलो स्थानमा छ भने दक्षिण कोरिया र उरुग्वे १–१ अंकसहित दोस्रो र तेस्रो स्थानमा छन्। पोर्चुगलसँग पराजित भएको घाना समूहको अन्तिम स्थानमा छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।