हिमालयन डिस्टिलरीको ७० प्रतिशत लाभांश घोषणा, बोनस कति ?

Nov 25, 2022 04:33 PM Merolagani



हिमालयन डिस्टिलरीले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई ७० प्रतिशत लाभांश वितरण गर्ने भएको छ।

कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले ६० प्रतिशत बोनश शेयर र कर सहित १० प्रतिशत नगद गरी कुल ७० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

लाभांश वितरण गर्न कम्पनीले पुस २७ गते २२औं साधारणसभा डाकेको छ। उक्त सभाले पारित गरेपछि प्रस्तावित लाभांश शेयरधनीले पाउनेछन्।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस २० गते बुधबार बुक क्लोज गर्ने भएको छ। यस अनुसार पुस १९ गतेसम्म कायम शेयरधनीले कम्पनीले वितरण गर्ने लाभांश पाउनेछन्।




सोमबार देखि नयाँ सर्किट व्यवस्था लागू हुँदै: अब एकै दिन १५ प्रतिशतसम्म मूल्य घटबढ हुन पाउने

Apr 17, 2026 11:48 AM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले शेयर बजारको कारोबारलाई थप फराकिलो र चलायमान बनाउन ल्याएको ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५’ को नयाँ व्यवस्था आगामी सोमबार अर्थात् वैशाख ७ गतेदेखि कार्यान्वयनमा आउने भएको छ।