राष्ट्र बैंकको नियम उलंघन गर्ने ९ बैंक कारवाहीमा, कुन कुन बैंक परे ?

Nov 29, 2022 12:12 PM Merolagani



चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नियम उलंघन गर्ने ९ बैंक केन्द्रिय बैंकको कारवाहीमा परेका छन्।

नेपाल राष्ट्र बैंकले रोक्का राख्न निर्देशन दिएका खाताहरु सञ्चालन गरेको, कर्जा लगानी गरेपश्चात बढी प्रिमियम असुल गरेको तथा आधार दरभन्दा कम ब्याजदरमा कर्जा दिएको भन्दा बैंकहरुलाई सचेत गराएको छ।

सुपरिवेक्षण विभागले बैंक अफ काठमाण्डू, कृषि विकास बैंक, प्रभु बैंक, कुमारी बैंक, प्राइम कमर्सियल बैंक, हिमालयन बैंक, सनराइज बैंक, ग्लोबल आइएमई र मेगा बैंकले नियम विपरित कार्य गरेको भेट्टाएको छ।

केन्द्रिय बैंकले कृषि विकास बैंकलाई सम्पत्ति सुद्धिकरण सम्बन्धि ऐन र निर्देशनहरुको उलंघन गरेको भन्दै २० लाख रुपैयाँ जरिवाना तिराएको छ।





यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।