लक्ष्मी क्यापिटल र सनफार्मरबीच लगानी सम्बन्धी सम्भौता

Nov 29, 2022 04:50 PM Merolagani

निजी इक्विटी र भेन्चर क्यापिटलकालागि इजाजत प्राप्त संस्था लक्ष्मी क्यापिटल मार्केट लिमिटेड(LAXMICAP) र सौर्य उर्जा सेवा प्रदायक कम्पनी सनफार्मर बिच लगानी सम्भाव्यता सम्बन्धी एक समारोहबीच सम्झाैता सम्पन्न भएको छ ।

यहि मंसिर ११, गते सम्पन्न सो सम्बन्धी समझदारी पत्रमा लक्ष्मी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजिव सापकोटा र सनफार्मरका तर्फबाट प्रमुख संचालन अधिकृत हरि श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

लक्ष्मी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत राजिव सापकोटाले आफ्नो धारण राख्दै मर्चेन्ट बैकिङ तथा परामर्श सेवामा बिगतको सफल अनुभव रहेकोले नवीकरणीय र स्वच्छ ऊर्जामा योगदान पु¥याइरहेको सनफार्मरसँग सहकार्य गर्दै लगानी गर्न पाउँदा गर्व महसुस भएको बताउँदैअन्य परियोजनाहरूको लागि समेत कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे ।

संयुक्त राज्य अमेरिकामा संचालित कम्पनी सनफार्मरले सन २०१४ देखि नेपालमा ४ सय भन्दा बढि सोलार इनर्जी प्रोजेक्ट सम्पन्न गरीसकेको छ । यस कम्पनीले सौर्य उर्जा संगै स्वास्थ, शिक्षा र कृषिको समेत प्रवर्धन गर्ने उद्देश्यकासाथ हालसम्म ७,८४२,७८२ यूनिट स्वच्छ विद्युत उत्पादन गरी सकेको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।