विश्वकप २०२२ः समूह बी बाट प्रि क्वाटरफाइनलमा इङ्गल्याण्ड र अमेरिका

Nov 30, 2022 05:17 AM Merolagani

फिफा विश्वकप २०२२ मा समूह चरणको अन्तिम खेलहरुमा जित हासिल गर्दै समूह बी बाट इङ्गल्याण्ड र अमेरिका अर्को चरण अर्थात प्रि क्वाटरफाइनलमा पुग्न सफल भएका छन्।

बुधबार बिहान १२ः४५ मा भएको खेलमा इङ्गल्याण्डले वेल्सलाई र अमेरिकाले इरानलाई हराउँदै अर्को चरणमा आफ्नो स्थान बनाएको हो।

इङ्गल्याण्डसँगको खेलमा वेल्स ३ गोलले पराजित भएको हो। जीतसँगै इङ्गल्याण्डको ७ अंक भएको छ। समूहको शीर्ष स्थानमा रहदै इङ्गल्याण्ड अर्को चरणमा पुगेको हो।

५ अंकसहित दोस्रो स्थानमा रहेको अमेरिकाले इरानलाई १ गोलले पराजित गरेको हो। अमेरिका समूहको दोस्रो टोली बन्दै अर्को चरणमा पुगेको हो।

समूहचरणमा इरानले ३ अंक कमाएको छ भने वेल्सले १ अंक मात्र जोड्न सफल भएको छ।

प्रि क्वाटर फाइनलमा कसले कसको सामना गर्दैछ?

विश्वकप २०२२ को प्रि क्वाटर फाइनल मंसिर १७ गते, शनिबार साँझदेखि शुरु हुनेछ। सो चरणको पहिलो खेल समूह ए को विजेता र समूह बी को उपविजेता बीच हुनेछ। यस अनुसार समूह ए को विजेता नेदरल्याण्डले समूह बी को उपविजेता अमेरिका विरुद्धमा खेल्नेछ। अर्को खेलमा भने समूह ए को उपविजेता सेनेगलले समूह बी को विजेता इङ्गल्याण्डको सामना गर्नेछ। सो खेल मंसिर १८ गते साँझ खेलिनेछ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।