नबिलबाट आईएफआईसी बाहिरिने, १ करोड ७७ लाख कित्ता शेयर बिक्री गर्दै

Dec 01, 2022 12:34 PM Merolagani

नबिल बैंकबाट बंगलादेशको लगानीकर्ता आईएफआईसी बैंक बाहिरिने भएको छ। उसले डेढ करोडभन्दा बढी कित्ता शेयर बिक्री गरेर बैंकबाट आफ्नो लगानी झिक्न लागेको हो।

आईएफआईसी बैंक नेपाल बंलादेश बैंकको बंगलादेशी साझेदार थियो। एनविवि बैंक नबिलमा गाभिएपछि आईएफआईसीले आफ्नो लगानी झिक्न लागेको हो।

आईएफआईसीले १ करोड ७७ लाख ३६ हजार ८८ कित्ता शेयर बिक्री गर्नको लागि निवेदन दिएको छ।

आईएफआईसीले बिक्री गर्न चाहेको नबिल बैंकको शेयर खरिद गर्न चाहने विद्यमान संस्थापक शेयरधनीले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालयमा खरिद गर्न चाहेको मूल्य राखेर गोप्य सिलबन्दी निवेदन दिन सक्ने छन्।

तोकिएको समयमा संस्थापकहरुबाट निवेदन नआए सर्वसाधरणलाई बिक्री आव्हान गरिने बैंकले जनाएको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।