विश्वकप फुटबलः आज चार खेल हुँदै,जापान र स्पेन तथा क्रोस्टारिका र जर्मनीबीच भिडन्त

Dec 01, 2022 01:05 PM Merolagani

कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज चार ओटा खेलहरु हुँदै छन । जसमा समूह ‘ई’ र समूह ‘एफ’ का दुई÷दुई खेलहरू हुने छन । 

पहिलो दुई खेलमा समूह ‘एफ’ मा रहेका क्रोएसिया र बेल्जियम भिड्दै छन भने सोहि समुहका क्यानडा र मोरक्कोबीच प्रतिस्पर्धा हुँदै छ ।

यो समुहमा क्रोएसिया र मोरक्को ४/४ अंकसहित शीर्ष दुई स्थानमा छन् भने त्यसपछि ३ अंकमा बेल्जियम छ ।

क्यानडा भने अंकविहीन अवस्थाम रहेको छ । यी खेल नेपाली समय अनुसार राति ८ः४५ बजेदेखि सुरु हुने छन भने समूह ‘एफ’ बाट अन्तिम १६ मा पुग्ने २ देशको टुङ्गो लाग्नेछ ।

समुह ई मा रोचक भिडन्त

त्यसैगरी दोस्रो दुई खेलमा समूह ‘ई’ मा रहेका जापान र स्पेन तथा क्रोस्टारिका र जर्मनीबीच खेल हुँदैछ । यी खेल नेपाली समयअनुसार राति १२ः४५ बजेदेखि सुरु हुनेछ । यस खेलहरूबाट समूह ‘ई’ बाट अन्तिम १६ मा पुग्ने २ देशको टुङ्गो लाग्नेछ ।

यो समुहमा स्पेन चार अंक सहित शीर्ष स्थानमा छ भने ३÷३ अंकमा जापान र क्रोस्टारिका छन । जर्मनीले भने १ अंक मात्रै पाएको छ ।

यस अघि जापानले जर्मनीलाई हराएको थियो । अब जापानले ‘कम्प्युटर गेम’ शैलीले खेल्ने स्पेनलाई हराउने हो भने अन्तिम १६ मा प्रवेश पाउने छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।