नेशनल लाईफको गोसाईकुण्ड हेली टुर सम्पन्न

Dec 28, 2022 01:10 PM Merolagani



नेशनल लाईफ इन्स्योरेन्स कम्पनी(NLICL)ले आफ्ना अभिकर्ताहरुका लागि (२०७९ पौष ७ गते देखी ९ गते सम्म) “गोसाईकुण्ड हेली टुर” कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीमा कार्यरत अभिकर्ताहरुकालागि कम्पनीले संचालन गरेको मासिक अभिकर्ता योजना अन्तर्गत लक्ष्य पुरा गर्न सफल अभिकर्ताहरुलाई कम्पनीले काठमाण्डौ बुढानिलकण्ठबाट हेलिकप्टरमा गोसाईकुण्डको भ्रमण गराएको हो ।

भ्रमणमा जानु पूर्व कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले अभिकर्ताहरुलाई सफल भ्रमणको शुभकामना दिँदै यस प्रकारको भ्रमणले अभिकर्ताहरुको मनोवल वृद्धि भई कम्पनीको व्यवसाय समेत प्रवद्र्धन हुने विश्वास व्यक्त गरे ।

देशै भरीबाट उत्कृष्ठ व्यवसाय गरी योजनामा छनौट भई भ्रमण कार्यक्रममा सहभागी हुन सफल करिब २०० जना अभिकर्ताहरुलाई उनीहरुको अथक परिश्रम र मेहनतको कदर गर्दै प्रमुख कार्यकारी अधिकृतले सम्मान पनि गरेका थिए ।

कार्यक्रममा सहभागी अभिकर्ताहरुले कम्पनीले आयोजना गर्ने यस प्रकारको भ्रमणले आफूहरु उत्प्रेरित भएको र यसबाट आफ्नो वृत्ति विकासमा सकरात्मक योगदान पु¥याउने विश्वास व्यक्त गरेका थिए ।




comments powered by Disqus

महुली लघुवित्तको एफपीओ बाँडफाँट

Jan 03, 2025 10:54 AM

पुस १९ गते, शुक्रबार महुली लघुवित्त वित्तीय संस्था लिमिटेड (MSLB) को एफपीओ बाँडफाँट भएको छ। लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको कार्यालयमा एफपीओ बाँडफाँट भएको हो।