मन्दाकिनी हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Jan 04, 2023 08:50 AM Merolagani



मन्दाकिनी हाइड्रोपावर लिमिटेड (MHL) को लाभांश सुरक्षित गर्ने आज (पुस २० गते) अन्तिम दिन रहेको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात पुस २१ गते बुकक्लोज गर्दैछन्।

यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

कम्पनीले पुस ३० गते, अनुपम फुडल्याण्ड एण्ड ब्याङ्कवेट, बत्तिसपुतलीमा बिहान ११ बजे नवौँ वार्षिक साधारण सभा डाकेको छ।

सो सभाले हाल कामय चुक्ता पूँजीको ५ प्रतिशतका दरले हुन आउने २ करोड ९४ लाख १ हजार ८४५ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसका साथै संस्थापक समूहबाट ४, सर्वसाधारण समूहबाट २ तथा स्वतन्त्र सञ्चालक १ जना गरी ७ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।




'हप्तामा दुई दिन बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्नुपर्छ'

May 26, 2026 12:59 PM

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले आईतवार र शनिवार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई दबाब दिएका छन् ।