दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Jan 05, 2023 09:37 AM Merolagani

पुस २१ गते, बिहीबार, दुई कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ प्रिमियर इन्स्योरेन्स र मेरो माइक्रोफाइनान्सले भोली अर्थात पुस २२ गते बुकक्लोज गर्दैछन्।

यस अनुसार नेप्सेमा कारोबार भइ कायम यी कम्पनीहरुका शेयरधनीहरुले साधारण सभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।

प्रिमियर इन्स्योरेन्स (PIC) ले लाभांश तथा मर्जर सम्बन्धी प्रस्ताव पारित गर्न पुस २९ गते, सिसारा रिसेप्सन भगवती वहाल नक्साल, काठमाडौंमा ११ औं वार्षिक साधारण सभा बोलाएको छ।

सभाले हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस शेयर र कर प्रायोजनको लागि ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले प्रिमियर इन्स्योरेन्स र सिद्धार्थ इन्स्योरेन्सबीचको गाभ्ने गाभिने सम्बन्धी विषेश प्रस्ताव पारित गर्नेछ। दुबै कम्पनी गाभिएपछि बन्ने कम्पनीको नाम सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रहने प्रस्ताव पनि सो सभाले पारित गर्नेछ।

त्यसैगरी, मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड (MERO) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न माघ ६ गते दशौँ वार्षिक साधारण सभा डाकेको छ। लघुवित्तले क्राउन होटल हारती, विदुर नुवाकोटमा बिहान साढे ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर, सोको कर प्रयोजनार्थसहित १० प्रतिशतका दरले नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसका साथै प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न, अन्य लघुवित्तलाई मर्जर वा एक्विजिशनसम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

comments powered by Disqus

वैशाख २ देखि ३३ ब्रोकर कम्पनीले नयाँ टिएमस टेस्ट गर्ने, मोबाइलबाटै कारोबार,के छन् अरू नयाँ फिचर ?

Mar 17, 2023 06:09 AM

सुवास निरौला

लामो समयदेखि नयाँ टिएमएसको पर्खाइमा रहेका लगानीकर्ताको पर्खाइ आउने वैशाख देखि सकिने  भएको छ।