बजारमा विस्तारै अपट्रेण्ड सुरु भइसकेको छ, कर्जाको ब्याजदर घटेपछि बढ्न थप सकारात्मक टेवा पुग्छ : लगानीकर्ता उज्वल महर्जनको विचार

Jan 14, 2023 10:39 AM Merolagani

  • उज्वल महर्जन

बजार न्युन विन्दुमा आइसकेको छ। अर्थमन्त्री विष्णु पौडेल आएपछि लगानीकर्ताको मास सइकोलोजि सकारात्मक भएको छ। त्यसकै रिफ्लेक्सनले बजार माथि आएको हो।

पछिल्लो दुई दिनको बजार सर्टटर्म करेक्सन मात्रै हो। छोटो समयमा नै ठुलो अंकले बढेको बजारमा प्रोफिट बुकिङ्ग भएको हाे।

ब्याजदर नघटी बजार माथि जान सक्ने अवस्था थिएन। अहिले निक्षेपको ब्याजदर घटेको छ तर पनि कर्जाको ब्याजदर भने अझै घटेको छैन। कर्जामा ब्याजदर नघटेसम्म बजार अझै स्थिर हुँदैन। कर्जाको ब्याजदर घट्यो भने त्यसले बजारलाई अर्को टेवा दिन्छ।

बैंकिङ्ग प्रणालीमा तरलता नभई त्यसको असर बजारमा देखिदैंन। तरलता विस्तारै सहज हुँदै गएको छ। तरलता सहज हुँदै जाँदा यसले बैंकहरुको ब्याजदर घटाउन पनि सहयोग पुग्छ।

कोभिडपछि अर्थतन्त्रमा त्यति ठुलो सुधार त देखिएको छैन। विस्तारै सुधार हुँदै गरिरहेको छ। त्यसले खुड्किलो उक्लिन सहज बनिरहेको छ।

अहिले अर्थमन्त्री र गभर्नरको ट्युनिङ मिलेकोले केही परिवर्तन ल्याउँछ कि भन्ने सबैको आशा छ। यसले अर्थतन्त्रमा पनि केहि सुधार होला। यसले गर्दा बजारमा पनि सकारात्मक प्रभाव पर्नेछ।

बजारमा विस्तारै अपट्रेण्ड सुरु भएको छ। तर कोरोनाको समयमा जस्तो छोटो समयमा नै बढेर ३२०० पुग्ने सम्भावना भने देखिंदैन। कोभिडको समयमा सबै व्यवसाय ठप्प भएकोले सबै शेयर बजारमा नै लागेकोले सर्टटर्म केही चलखेल भएको हो। अर्थतन्त्र चलाएमान भएपछि सिजनल रुपमा आएका व्यवसायीहरु फेरि आफ्नै व्यवसायमा फर्किए त्यसले गर्दा बजार छोटो समयमा नै धेरै घट्यो।

अहिले बजारले बटम लगाइसकेको देखिन्छ। बजारले विस्तारै करेक्सन लिंदै सकारात्मक गति समाउने सम्भावना छ। मेराे विचारमा बजार समय लिएर बढ्छ। छोटो समयमा नै उच्च दरले बढ्ने देखिंदैन।

अहिले बजारमा जोखिम कम भएको छ। ३२०० को विन्दुको बजारसँग तुलना गर्ने हो भने सबै कम्पनीको मूल्य धेरै कम छ। त्यसमा पनि अहिले अलिकति बलियो र नियमित लाभांश वितरण गर्ने कम्पनीमा लगानी गर्दा राम्रो प्रतिफल पाइने अवस्था छ।

अहिले धेरै लघुवित्त कम्पनीहरको लाभांश आउनै बाँकि छ। तर तुरुन्तै राम्रो रिपोर्ट आउने देखिएको छैन। राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामा केहि सम्बोधन गरे मात्र पनि रिपोर्ट राम्रो आउने आँकलन गर्न सकिन्छ। तेस्रो त्रैमासदेखि राम्रो कम्पनीमा लाभांशको लागि पनि सिजनल रुपमा खरिदकर्ताहरु सक्रिय हुन्छन्।

पुसमा सबैको ब्याजको चटारो पनि सकिन्छ। त्यसपछि भने बजारले फेरि सकारात्मक गति समाउन सक्छ।

बजारमा धेरै प्रकारका लगानीकर्ताहरु हुन्छन्। ट्रेडर, लङटर्म लगानीकर्ता भनेको बजारको सुन्दरता नै हो। त्यो हुनैपर्छ। सबैको एउटै मास सेन्टिमेन्ट हुँदैन। कसैले छोटो समयको लागि कारोबार गर्छन भने कसैले दिर्घकालिन रुपमा लगानी गर्ने गर्छन तर अहिले बजार तल्लो विन्दुमा आएको अवस्थामा दिर्घकालिन लगानी सबैभन्दा राम्रो हुन्छ। अहिले त्यहि अवस्था हो। दिर्घकालिन लगानी गर्दा त्यसमा पूँजीगत लाभ पनि हुन्छ भने लाभांश पनि आउँछ।

बजार उच्च विन्दुमा पुगेको बेलामा भने सर्ट टर्म ट्रेड गर्दा ठिक हुन्छ। तर अहिले बजारले लो लगाएको अवस्थामा भने दिर्घकालिन लगानी उपयुक्त हुन सक्छ।

अहिलेको बजारमा अर्थमन्त्रीको सेन्टिमेन्टको राम्रो स्वीङ्ग आएको हो। त्यो स्वीङ्ग सकिएको छ। अब बजार बलियो हुनको लागि नीतिगत सुधार हुनुपर्छ। नीतिगत सुधार भयो भने दिर्घकालीन रुपमा बजार सकारात्मक दिशामा अघि बढ्छ।

(लगानीकर्ता महर्जनसँग मेराे लगानीका रबिन पाैडेलले गरेकाे कुराकानीमा आधारित)

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।