दक्ष र योग्य बीमा अभिकर्ता छनौट गर्न बीमा कम्पनीहरूलाई अध्यक्ष सिलवालको निर्देशन

Jan 18, 2023 02:02 PM Merolagani



नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमाका बारेमा राम्रो ज्ञान भएको,परीक्षाबाट योग्य देखिएको र बीमाप्रतिको जिम्मेवारी बोध गरेको व्यक्तिलाई मात्र बीमा अभिकर्ताका रूपमा छनौट गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएका छन् ।

प्राधिकरणले आयोजना गरेको बीमा अभिकर्ता व्यवस्थापन सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले बीमाप्रति प्रतिवद्ध, दक्ष र योग्य बीमा अभिकर्ताबाट बीमा व्यवसायको गुणस्तर र बीमाप्रतिको विश्वास बढ्ने तथा कम्पनी पनि सशक्त हुने भएकाले बीमा अभिकर्ता इजाजतपत्रका लागि सिफारिश गर्दा यी विषयमा गम्भीर हुन निर्देशन दिएका हुन् ।

“एउटा बीमकको बीमा अभिकर्ताले अर्को समान किसिमको बीमकको बीमा अभिकर्ता भएर काम गर्न नपाउने कानूनी व्यवस्था छ । अब बीमा कम्पनीले आफ्नो बीमा अभिकर्ता अर्को कम्पनीको बीमा अभिकर्ता छैन भन्ने निश्चित गर्नुपर्छ ।" अध्यक्ष सिलवालले भने, "बीमा अभिकर्ताको जिम्मा कम्पनीले लिनुपर्छ । बीमा अभिकर्ता हुन तोकिएको परीक्षा उत्तीर्ण गरेको हुनुपर्छ ।”

यस्तै प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले विगतका कमी कमजोरी नदोहोरिने गरी सङ्ख्या भन्दा गुणस्तरलाई ध्यान दिएर काम गर्न तथा इजाजतपत्र नलिएकालाई बीमा अभिकर्ताका रूपमा काम नगर्न/नगराउन बीमा कम्पनीहरूलाई निर्देशन दिए ।

प्राधिकरणका उपनिर्देशक शाम्भराज लामिछानेले बीमकले बीमा अभिकर्ता छनौट गर्दा अन्य बीमा कम्पनीले आफूसँग उक्त बीमा अभिकर्ताको कुनै लेनदेन नभएको मञ्जुरीनामा दिएको वा बीमा अभिकर्ता स्वयम्ले अन्य बीमा कम्पनीमा आफ्नो कुनै लेनदेन बाँकी नरहेको कबुलियतनामा गरेको हुनपर्ने व्यवस्था रहेको जानकारी गराए ।

प्राधिकरणका सहायक निर्देशक शम्भुप्रसाद मिश्रले बीमा अभिकर्ता व्यवस्थापनका लागि प्राधिकरणबाट संचालनमा ल्याउन लागिएको अनलाइन प्रणालीका बारेमा प्रस्तुती दिएका थिए ।




के सरकारले शेयर कारोबारमा ट्रान्जेक्सन ट्याक्स लगाउन लागेको हो ?

Jun 28, 2026 05:08 PM

सुवास निरौला 

पछिल्लो समय सामाजिक सञ्जालमा शेयर बजारका विश्लेषक तथा लगानीकर्ता विष्णुप्रसाद बस्यालले फेसबुकमा लेखेको एउटा स्टाटसले शेयर बजारका आम लगानीकर्तामा ठूलो भ्रम र अन्योल सिर्जना गरिदिएको छ।