नेपाल भित्रिएर बजार तताउने यी ७ विद्युतीय गाडी, कुन ईभि कस्तो ?

Jan 19, 2023 11:10 AM Merolagani

युबराज बस्नेत

विश्वका गाडी उत्पादक कम्पनी पछिल्लो समय विद्युतीय तर्फ मोडिएका छन । अहिले संसारभरका सवारी उत्पादकले आफ्नो ब्रान्डमा कुनै न कुनै इलेक्ट्रिक भेहिकल ल्याएकै छन । यसको प्रत्यक्ष उदाहरण हो, भारतको दिल्ली अटोशो ।

सो अटो एक्सपोमा सबै कम्पनीले विद्युतीय गाडी सार्वजनिक गरेका छन । कतिपय कम्पनीका स्टलमा इन्धनबाट चल्ने भन्दा पनि नयाँ विद्युतीय गाडी सार्वजनिक भएका धेरै देखिन्थे । भारतमा सार्वजनिक भएका सबै विद्युतीय गाडी नेपाल आउने गरेका छन ।

नेपाली बजारमा पनि विद्युतीय प्यासेन्जर गाडीमा ग्राहकको क्रेज बढेसँगै बिक्रेता कम्पनीलाई माग धान्न हम्मे हम्मे परेको छ । त्यसैले यहाँ भारतको नयाँ दिल्लीमा सार्वजनिक भएका र नेपाल आउने पक्का रहेका विद्युतीय गाडी बारे चर्चा गर्ने छौं ।

हुन्डाई आयोनिक ६

गत बर्ष नेपाल भित्रिएको हुन्डाई आयोनिक ५ ले तहल्का नै पिट्यो । नयाँ लुक्स र नेपालका लागि नौलो भएकै कारण नेपालमा धेरै चर्चा कमायो । आयोनिक ५ ले सफलता पाउदाँ नपाउदै भारतीय बजारमा आयोनिक ६ सार्वजनिक भयो ।

आयोनिक ६ दिल्ली अटोशोमा सार्वजनिक भएसँगै नेपालका लागि हुन्डाई गाडीको आधिकारीक वितरक लक्ष्मी ग्रुपले नेपाल ल्याउन प्रक्रिया अघि बढाइसकेको छ । दिल्ली अटो शोमा सबैभन्दा बढी रुचाइएको गाडी मध्ये आयोनिक ६ पनि पर्छ ।

 

कोरियाली कार उत्पादक हुन्डाई मोटरले ल्याएको यो गाडी स्केटबोर्ड आर्किटेक्चरमा आधारित ई–जीएमपी सिस्टममा निमार्ण भएको छ । २ ब्याट्री प्याक ५३ केडब्लूएच र ७७ केडब्लूएचमा उपलब्ध हुने यो गाडीले तीन सय ५० बढी रेन्ज दिने कम्पनीको दाबी छ ।

सुजुकी ईभीएक्स

भारतको सबैभन्दा ठूलो कार उत्पादक कम्पनी मारुती सुजुकीले आफ्नो पहिलो विद्युतीय एसयूभी कम्सेप्ट ईभीएक्स सार्वजनिक गर्यो । अटो एक्सपो २०२३ मा मारुती सुजुकी अब विद्युतीय कारको उत्पादनलाई प्राथमिकता दिने नीतिसहित सो कन्सेप्ट सार्वजनिक गरेको बताएको छ ।

 

सुजुकी मोटर कर्पोरेसन जापानले डिजाइन गरेको यो गाडीमा ६० किलोवाट आवर ब्याट्रीप्याकमा उपलब्ध छ । जसले ५५० किलोमिटरसम्म रेन्ज दिने दाबी गरिएको छ।

बिवाइडीको ‘सिल’ इभी

केहि समय अघि नेपाली बजारमा चिनियाँ कम्पनी बिवाइडीले एटो थ्रि एसयुभि भित्र्याएको थियो । नेपाल ल्याएको केहि समय भित्र नै यो गाडी चर्चामा आयो । हाल भारतीय बजारमा सार्वजनिक भएको चिनियाँ विद्युतीय गाडी निर्माता कम्पनी बिवाइडीको ‘सिल’ इभी सेडान सार्वजनिक गर्यो जुन नेपाली बजारमा आउने बताइएको छ ।

 

भारतमा हाल चलिरहेको अटो एक्स्पो २०२३ मा प्रदर्शनीमा राखिएको सो गाडी छिट्टै नेपाली बजारमा आउने कम्पनीले जनाएको हो। कम्पनीका अनुसार गाडी ६१.४ किलोवाट आवर र ८२.५ किलोवाट आवर गरी दुई वटा ब्याट्री प्याकमा उपलब्ध छ। यो गाडीले ७ सय किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दाबी छ ।

टाटा सियरा ईभी

टाटा मोटर्सले विद्युतीय कार उत्पादनलाई बढावा दिने नीति सहित भारतमा भएको अटो शोमा आफ्नो नयाँ नयाँ विद्युतीय गाडी सार्वजनिक गर्यो । अटो एक्सपो २०२३ मा टाटाले सियरा ईभी कन्सेप्ट ल्याएको छ ।

 

नेपाली बजारमा आएको टाटा नेक्सन इभिले राम्रो सफलता पाएपनि सिप्रदी ट्रेडिङ कर्पोरेसनले यो गाडी नेपाल ल्याउने भएको छ । टाटा मोटर्सले यो विद्युतीय कार केहि समयभित्रै भारतीय बजारमा बिक्रीका लागि ल्याउने योजना बनाएको छ। यो गाडीले चार सय किलोमिटर बढी रेन्ज दिने कम्पनीको दाबी छ ।

किया ईभी नाइन

कोरियाली कार उत्पादन कम्पनी किया मोटरले भारतमा पनि किया ईभी नाइन कन्सेप्ट सोकेस गर्यो । फरक डिजाइन र लुक्समा सार्वजनिक भएको यो ईभी नाइन कन्सेप्ट विद्युतीय कारमा ७७.४ केडब्लूएच ब्याट्री प्याकमा उपलब्ध हुने र यसले एकपटकको फुल चार्जमा ४ सय ५० किलोमिटर रेन्ज दिने बताइएको छ ।

टाटा ह्यारियर ईभी

टाटा मोटर्सले आईसी इन्जिनमा उपलब्ध ह्यारियर विद्युतीय कन्सेप्टमा ल्याएको छ । ह्यारियर ईभी अगामी बर्षदेखि विश्व बजारमा उपलब्ध गराउने योजना सहित कम्पनीले प्रक्रिया अघि बढाएको बताएको छ ।

 

टाटा ह्यारियर ईभी डुअल मोटरसहित अल ह्वील ड्राइभ अप्सन आउने छ । ८० किलोवाट आवर ब्याट्री प्याक हुने ह्यारियर ईभीले ५ सय किलोमिटरभन्दा बढी रेन्ज दिनेछ। त्यस्तै टाटा मोटर्सले अभेन्या र कर्भ ईभी कन्सेप्टलाई समेत अटो शोमा ल्याएको छ ।

एमजी फोर ईभी

बेलायती ब्रान्ड एमजी अटो एक्सपोमा फरक फरक मोडलका विद्युतीय गाडी सार्वजनिक गर्यो । एमजी मोटर इन्डियाले एमजी फोर ईभी नाम दिइएर बोल्ड विद्युतीय गाडी ल्याएको हो । नेपाली बजारमा अहिले एमजिका जेडएस मोडल चलिरहेको छ ।

 

एमजी फोर ईभी दुई ब्याट्री प्याक ५१ केडब्लूएच र ६४ केडब्लूएचमा उपलब्ध हुने र पावर क्रमशः १७० एचपी र २०३ एचपी हुनेछ। यो गाडीले ४ सय किलोमिटरभन्दा बढी रेन्ज दिने कम्पनीको दाबी छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।