विद्येयक पारित नहुदा आन्तरिक उडान तर्फको क्षतिपूर्ति रकम बढेन, पाेखरा विमान दुर्घटनाका पीडित परिवारले कति क्षतिपुर्ति पाउछन्?

Jan 20, 2023 05:40 AM Merolagani



माघ १ गते आइतबार यति एयरलाइन्सको नाइनएन–एएनसी फ्लाइट नम्बर ६९१ एटीआर ७२ सेती नदीको खोचमा दुर्घटना भएको थियो । काठमाडौंबाट पोखरा उडेको उक्त विमानमा चालक दलका ४ जना सदस्य र ६८ जना यात्रु सहित ७२ जना सवार थिए ।

दुर्घटनाग्रस्त भएको विमानमा सवार ७२ जना मध्ये ७१ जनाको शव फेला परेको छ भने १ जना अझै बेपता रहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । यससँगै आम सर्वसाधारणमा हवाई बीमा र त्यस वापत पीडितका परिवारले पाउने क्षतिपुर्तिको विषयमा आम चासो बढ्न थालेका छन् ।

अन्य बीमाको तुलनामा हवाई बीमामा उच्च जोखिम रहेको छ । हवाई यात्राको दौरानमा हुन सक्ने विलम्ब, यात्रास्थगन, यात्रुलाई लाग्न सक्ने चोटपटक, अंङ्गभङ्ग वा मृत्युमा हवाई बीमाले विमान, यात्रु सहित चालक दलका सदस्यहरुलाई हुन सक्ने जोखिम रक्षावरण गर्दछ ।

हवाई बीमामा उच्च जोखिम रहेकै कारण नेपालका बीमा कम्पनीहरुले अधिकाँश जोखिम विदेशी पुनर्बीमा मार्फत गराउने गरेका छन् । जसले गर्दा नेपाली बीमा कम्पनीहरुलाई क्षतिपूर्ति भुक्तानीमा कम भार पर्ने गरेको छ ।

हाल नेपालमा आन्तरिक उडान अन्तरगत वार्सा महासन्धी र हेग प्रोटोकल लागु रहेका छन् । उक्त व्यवस्था अनुसार हवाई दुर्घटनामा परी यात्रुको मानविय क्षति भएमा पीडित पारिवारलाई २० हजार डलर, यात्रुको सामानहरू नष्ट भए वा हराएमा प्रतिकिलो २० डलर क्षतिपूर्ति वापतको रकम भुक्तानी गर्नुपर्ने हुन्छ । हवाई दुघर्टनामा परी विमान चालक दलका सदस्यहरु (पाइलट बाहेक) को मृत्यु भएमा ४० हजार डलर परिवारले क्षतिपूर्ति पाउने व्यवस्था छ । पाइटलको हकमा भने एक लाख डलर भुक्तानी हुने व्यवस्था छ ।

यस व्यवस्था अनुसार नै दुर्घटनाग्रस्त भएका यति एयरलाइन्सका यात्रु र चालक दलका सदस्यहरुको पारिवारलाई क्षतिपूर्ति रकम उपलब्ध हुने नागरिक उड्डयान प्राधिकरणले जनाएको छ ।

यद्यपि अन्तर्राष्ट्रिय उडानका क्रममा विमान दुर्घटना भए प्रति यात्रु एक लाख डलरभन्दा बढी रहेको छ । सरकारले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संस्था (आइकाओ) को मन्ट्रियल महासन्धि १९९९ लाई अनुमोदन गरेपछि क्षतिपुर्ति रकम बढेको हो ।

विद्येयक पारित गर्न नसक्दा आन्तरिक उडानको क्षतिपूर्ति रकम बढाउन सकेन

सरकारले आन्तरिक उडान तर्फ यात्रुहरुले पाउने क्षतिपूर्तिलाई पनि अन्तराष्ट्रिय उडानको सरह पुर्याउने तयारी थालेको छ । सरकारले हवाई यातायात सेवा सञ्चालन संस्थाको दायित्व तथा बीमा सम्बन्धमा व्यवस्था गर्न विद्येयकको मस्यौदा तयार पारेपनि हालसम्म लागु भने हुन सकेको छैन् ।

तर संसदबाट विद्येयक पारित नभएपछि पुरानै व्यवस्था अनुसार दुर्घटनामा परी जीवन गुमाउनु परेका परिवारका आफ्न्तहरुलाई भुक्तानी दिनुपर्ने भएको हो ।

मस्यौदा अनुसार आन्तरिक हवाई उडानमा समेत मन्ट्रियल महासन्धी १९९९ का प्रावधान लागु हुने उल्लेख छ । मस्यौदा अनुसार हवाई दुर्घटनामा मृत्यु भएका परिवारले १ लाख डलर क्षतिपूर्ति पाउने व्यवस्था छ ।

कार्गो कुनै किसिमबाट हराए वा नोक्सानी भएका त्यस वापत प्रतिकिलो २० डलर भुक्तानी गर्नुपर्नेछ ।

यस्तै विमानको दुर्घटना वा अन्य कुनै करणबाट तेस्रो पक्षलाई हुन सक्ने हानी नोक्सानीमा १० हजार केजी वा सो भन्दा कम तौल भएको विमानको हकमा २५ मिलियन डलर, १० हजार १ केजीदेखि ३५ हजार केजीसम्मको तौल भएको विमानको हकमा ३५ मिलियन डरल र ३५ हजार १ केजीदेखि माथि तौल भएका विमानको हकमा ६० मिलियन डलर बराबरको रकम भुक्तानी गर्नुपर्ने मस्यौदामा उल्लेख छ ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।