मर्जर पश्चात बनेको सानिमा जिआईसीको शेयर नेप्सेमा सूचीकृत, ओपनिङ्ग रेन्ज कति?

Jan 19, 2023 05:10 PM Merolagani



साविकको सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स कम्पनी मर्जर पश्चात बनेको सानिमा जिआईसी इन्स्योरेन्स कम्पनी (SGIC) को शेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको २ कराेड कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।

दुबै कम्पनीबीच एक आपसमा १ बराबर १ को अनुपातमा मर्जर सम्झौता गरेका थिए ।

मर्जर पश्चात कम्पनीको शेयरलाई नेप्सेले ३६७ रुपैयाँ ५० पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । त्यस आधारमा अर्काे सातादेखि कम्पनीको शेयर कारोबार हुनेछ ।

मर्जर पश्चात बनेको कम्पनीको शेयरलाई नेप्सेले एसजिआईसी कारोबार संकेत प्रदान गरेको छ । उक्त कारोबार संकेतमा कम्पनीको शेयर दोस्रो बजारमा किनबेच हुनेछ ।




बाबु आमा माथि आक्रमण भएर घर खरानी हुँदा कहाँ थिए शेरबहादुर-आरजुका छोरा बुहारी ?

Sep 18, 2025 12:43 PM

गत साता भएको जेनजी आक्रमणको प्रमुख निसानामा परे कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा तत्कालिन परराष्ट्र मन्त्री डा.आरजु राणा ।