मर्जर पश्चात बनेको सानिमा जिआईसीको शेयर नेप्सेमा सूचीकृत, ओपनिङ्ग रेन्ज कति?

Jan 19, 2023 05:10 PM Merolagani



साविकको सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स कम्पनी मर्जर पश्चात बनेको सानिमा जिआईसी इन्स्योरेन्स कम्पनी (SGIC) को शेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको २ कराेड कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।

दुबै कम्पनीबीच एक आपसमा १ बराबर १ को अनुपातमा मर्जर सम्झौता गरेका थिए ।

मर्जर पश्चात कम्पनीको शेयरलाई नेप्सेले ३६७ रुपैयाँ ५० पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । त्यस आधारमा अर्काे सातादेखि कम्पनीको शेयर कारोबार हुनेछ ।

मर्जर पश्चात बनेको कम्पनीको शेयरलाई नेप्सेले एसजिआईसी कारोबार संकेत प्रदान गरेको छ । उक्त कारोबार संकेतमा कम्पनीको शेयर दोस्रो बजारमा किनबेच हुनेछ ।




८१ लाख डिम्याट धारकलाई थाहा नभएको त्यो रहस्य: अर्थ समितिमा खुल्यो शेयर बजारको असली रूप !

Oct 01, 2026 02:48 PM

सुवास निरौला
नेपालको पूँजी बजारमा सर्वसाधारणको सहभागिता संख्यात्मक हिसाबले नयाँ उचाइमा पुगेको देखिए पनि त्यसको गुणात्मक फैलावट र दोस्रो बजारको वास्तविक पहुँचमा भने गम्भीर खाडल देखिएको छ।