लेक्सस एलएफ ३०ः बोल्ड डिजाइन, ६०० किलोमिटरसम्म रेन्ज, कति पर्छ मूल्य ?

Jan 22, 2023 04:23 PM Merolagani



भारतको नयाँ दिल्लीमा भएको मोटर एक्सपोमा झन्डै दुई दर्जन भन्दा बढी कम्पनीले सहभागिता जनाए । सस्तोदेखि महँगा चारपाँग्रे गाडीसम्म प्रदर्शन भयो ।

कतिपय कम्पनीले पूर्णरुपमा विद्युतीय गाडी उत्पादनलाई प्रथामिकता दिए । तर,अटो शोमा सार्वजनिक भएको नयाँ नयाँ गाडीहरु मध्य चार ओटा हलमा धेरै घुँइचो थियो । जसमा टाटा,हुन्डाइ, सुजुकी र जापनिज कार ब्रान्ड लेक्सस अवलोकनकर्ताले अत्याधिक रुचाइएका गाडीहरुमा मध्य पर्यो ।


यी चार मध्ये पनि लेक्ससको एउटा बोल्ड गाडीले सबैको ध्यान खिच्यो । नेपालमा यो गाडी हालसम्म आउने/नआउने कुनै टुङ्गो नभए पनि दिल्ली अटो शोमा राखिएका गाडी मध्यमै आकर्षक थियो ।
टोयोटा ग्लोबलले भारतीय बजारमा ल्याएको लेक्सस एलएफ ३०को डिजाइनले नै सबैलाई चकित बनायो ।

 

जापानी कम्पनीले भारतमा प्रदर्शन गरेको यी दुई मोडल हेर्दा निकै आकर्षक छन् भने आधुनिक फिचरको कम्बिनेसन छ । दिल्ली अटोशोमा लेक्ससले देखाएको एलएफ ३० मा अत्याधुनिक फिचर दिएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यो गाडीको अगाडीको भाग अर्थात क्याबिन कुनै किसिमको बाहिरी आवाज नआउने गरी अब्बल डिजाइन गरिएको छ । लग्जरी बनाउनकै लागि लेक्सन एलएफ ३०मा प्यासेन्जर भ्यावइस कन्ट्रोल फिचर,अल ह्वील ड्राइभ प्रणाली,चारवटै चक्कामा मोटर उपलब्ध गराएको छ । यी मोटरको कम्वाइन पावर ३८५ किलोवाट अर्थात् ५२५ पीएस रहेको छ भने टर्क ७०० एनएम दिइएको छ ।

११० किलोवाट आवर क्षमताको पावरफुल ब्याट्रीसहित आएको यो गाडी फुल चार्ज गर्दा ६ सय किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ । १५० किलोवाटको फास्ट चार्जर, चार सेकेन्डभन्दा कम समयमा नै १०० किलोमिटर प्रतिघन्टाको स्पीड भेट्टाउन सक्ने फिचरले एलएफलाई अझ रोमाञ्चक बनाएको छ ।

२०० किलोमिटर प्रतिघण्टाको स्पीडमा कुद्न सक्ने यो गाडीमा वायरलेस चार्जर,आरमदायी नयाँ कन्सेप्टको सिट,चराको पखेटा आकारका ढोकाकाले अझ बेजोड लुक्स प्रदान गरेको छ । फरक प्रकारको स्टेरिङ,कम्फटेबल सिट, अब्बल ब्रोकिङ सिस्टम लगाएतका बिशेषता छन ।

यो गाडीको बाहिरी भागले अझ लोभ्याएको छ । भित्री भाग जस्तो डिजाइन गरिएको त्यो भन्दा बढी बाहिरी भागलाई कम्पनीले प्राथामिकतामा राखेको छ । कम्पनीले हालसम्म औपचारिक रुपमा मूल्यबारे जानकारी नदिए पनि भारतीय सञ्चारमाध्यम अनुसार यो गाडीको मूल्य दुई देखि तीन करोडसम्म पर्ने अनुमान गरिएको छ ।




हाइड्रोपावर समूहबाट निस्कँदै लगानीकर्ता, कुन सेक्टरमा बढाउँदैछन् लगानी ? तथ्यांक यस्तो छ

Jul 05, 2025 05:39 PM

गत हप्ता नेप्से परिसूचकले सेन्चुरी मारेर २७ सय माथि टिक्न सफल भएको छ । नेप्सेले सेन्चुरी मार्दै गर्दा लगानीकर्ता भने हाइड्रोपावरबाट सिफ्ट भएर अन्य क्षेत्रतिर गएको देखिएको छ । हाइड्रोपावरबाट लगानीकर्ता विस्तारै विकास बैंक, फाइनान्स र इन्स्योरेन्स समूहमा सरेको तथ्यांकले देखाएको छ ।