रिटेल पेमेन्ट स्वीच मार्फत १,८०० अर्ब रूपैयाँ बराबरको कारोबार

Jan 22, 2023 06:50 PM Merolagani

नेशनल पेमेन्ट स्वीच अन्तर्गतको रिटेल पेमेन्ट स्वीच मार्फत चालु आर्थिक वर्ष २०७९/८० को पौष मसान्तसम्म १,८०० अर्ब रूपैयाँ बराबरको भुक्तानी कारोबार फर्छ्यौट भएको छ । उक्त कारोबार गत आर्थिक वर्षको तुलनामा ३१% ले वृद्धी भएको छ ।

त्यसै गरी कारोबार संख्याको आधारमा गत आर्थिक वर्ष भन्दा २५% ले बृद्धी भएको छ । रिटेल पेमेन्ट स्वीचको हाल दैनिक औसत रु. १३.३० अर्ब बराबरको भुक्तानी कारोबार फर्छ्यौट हुने गरेको छ, जस अन्तर्गत ६०% बराबरको कारोबार नेशनल पेमेन्ट इन्टरफेस मार्फत हुने गरेको छ ।

नेशनल पेमेन्ट स्वीच अन्तर्गतको आरपीएस मार्फत विभिन्न रिटेल प्रणाली तथा उपकरणहरुबीच अन्तरआबद्धता कायम गरिएको छ ।आरपीएस अन्तर्गत फण्ड ट्रान्स्फर तथा विभिन्न भुक्तानीहरु बैंक वित्तीय संस्थाको मोबाइल बैंकिङ्ग, वालेटहरु, कनेक्टआईपिएसको वेब, मोबाइल एप तथा गेटवे, कर्पोरेटपे प्रणाली तथा कुनै पनि संस्थाको आफ्नो प्रणालीसँग जोड्न सकिने ओपन एपीआई मार्फत उपलब्ध रहेका छन् । आरपीएस अन्तर्गत बैंक वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक, भुक्तानी प्रणाली सञ्चालक, सरकारी निकाय तथा विभिन्न संघ संस्थाहरु एनपीआई मार्फत आबद्ध भई भुक्तानी कारोबारहरु गर्दै आएका छन् । ओपन एपीआई प्ल्याट्फर्मको रुपमा सञ्चालनमा रहेको एनपीआईले आरपीएससंग इन्टिग्रेट गरी विभिन्न भुक्तानी प्रणाली तथा अन्य बैंकिङ्ग सेवाहरु प्राप्त गर्न सक्दछन् । आरपीएस अन्तर्गत हालै भीपीएमा आधारित भुक्तानी, रिक्वेस्ट टु पे, इ-म्यानडेटमा आधारित भुक्तानी, अन्तरआबद्ध नेपालपे क्यूआर, बिलर गेटवे, वालेट अन्तरआबद्धता तथा पिएसओ सेटल्मेन्ट लगायतका विभिन्न उपकरणहरु उपलब्ध रहेका छन् ।

आरपीएसमा हाल ५५ बैंक वित्तीय संस्था सदस्यका रुपमा आबद्ध रहेका छन् । भुक्तानी कारोबार गरिने च्यानलको आधारमा प्रति कारोबार २० लाख रूपैयाँसम्मको भुक्तानी तथा सोही बैंक वित्तीय संस्थाको हकमा १ करोड रूपैयाँसम्मको भुक्तानी कारोबार गर्न सकिन्छ । आरपीएस अन्तर्गत रहेका कनेक्टआईपिएसको वेब मार्फत प्रति कारोबार २० लाख रूपैयाँसम्म र मोबाइल एप मार्फत प्रति कारोबार २ लाख रूपैयाँसम्मको कारोबार गर्न सकिन्छ । बैंक वित्तीय संस्थाका ग्राहकहरुले कनेक्टआईपिएसमा आफ्ना एक वा सो भन्दा बढी बैंक खाताहरु लिन्क गरी एकै प्ल्याट्फर्म मार्फत भुक्तानी गर्न सक्दछन् ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।