नेशनल माइक्रोफाइनान्सले घोषणा गर्यो लाभांश, शेयर काराेबार राेक्का

Jan 23, 2023 01:25 PM Merolagani



नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड (NMFBS) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको ३८.५ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको हो। लघुवित्तले साविकको महिला सहयात्रा लघुवित्तलाई प्राप्त गरेका कारण लाभांश कर छुट हुने व्यवस्थाले गर्दा हाल कर प्रयोजनार्थ कुनै रकम छुट्याइएको छैन।

माघ ९ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

काराेबार समयमा लाभांश घाेषणाकाे सूचना सावर्जनिक गरेका कारण लघुवित्तकाे शेयर काराेबार राेक्का गरिएकाे छ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।