नयाँ उचाईमा सुनको मूल्य, प्रतितोला कति?

Jan 24, 2023 10:49 AM Merolagani



माघ १० गते, मंगलबार, नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। यस दिन सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँ बढेर नयाँ रेकर्ड बनाएको हो।

यस दिन छापावाल सुनको मूल्य १ लाख ६ हजार ३०० रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ। यो अघिल्लो रेकर्ड मूल्यको तुलनामा ८०० रुपैयाँ बढी हो। यस अघि सुनको अधिकतम मूल्य १ लाख ५ हजार ५०० रुपैयाँ थियो। २०७८ फागुन २५ गते, सुन सो मूल्यमा कारोबार भएको थियो।
यस दिन तेजाबी सुन प्रतितोला १ लाख ५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ।

सुनको मूल्यले नयाँ उचाई कायम गरेको दिन चाँदीको मूल्य भने घटेको छ। अघिल्लो दिन १ हजार ३८० रुपैयाँमा कारोबार भएको चाँदी, यस दिन प्रतितोला १५ रुपैयाँ घटेर १ हजार ३६५ रुपैयाँमा कारोबार भइरहेको छ।




एनआईसी एशिया बैंकले ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने

Jan 04, 2026 10:41 AM

एनआईसी एशिया बैंक लिमिटेड (NICA) ले ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ।

बैंकले हाल कायम चुक्ता पूँजीको २ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न नेपाल राष्ट्र बैंकसँग अनुमति मागेको छ।