नयाँ उचाईमा सुनको मूल्य, प्रतितोला कति?

Jan 24, 2023 10:49 AM Merolagani



माघ १० गते, मंगलबार, नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। यस दिन सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँ बढेर नयाँ रेकर्ड बनाएको हो।

यस दिन छापावाल सुनको मूल्य १ लाख ६ हजार ३०० रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ। यो अघिल्लो रेकर्ड मूल्यको तुलनामा ८०० रुपैयाँ बढी हो। यस अघि सुनको अधिकतम मूल्य १ लाख ५ हजार ५०० रुपैयाँ थियो। २०७८ फागुन २५ गते, सुन सो मूल्यमा कारोबार भएको थियो।
यस दिन तेजाबी सुन प्रतितोला १ लाख ५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ।

सुनको मूल्यले नयाँ उचाई कायम गरेको दिन चाँदीको मूल्य भने घटेको छ। अघिल्लो दिन १ हजार ३८० रुपैयाँमा कारोबार भएको चाँदी, यस दिन प्रतितोला १५ रुपैयाँ घटेर १ हजार ३६५ रुपैयाँमा कारोबार भइरहेको छ।




हाइडोपावर कम्पनीहरूको नाफामा उछालः कुन कम्पनीको वित्तीय अवस्था कति बलियो ?

Aug 21, 2026 05:32 AM

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा हाइडोपावर कम्पनीहरूको खुद नाफा औसतमा ४ सय ७१ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। कुल १ सय ११ वटा हाइडोपावर कम्पनीहरूको वित्तीय विवरण अनुसार ९१ वटा कम्पनी खुद नाफामा रहेका छन् भने २० वटा कम्पनी अझै घाटामा रहेका छन्।