सुनचाँदीको मूल्य बढ्यो

Nov 29, 2026 11:28 AM Merolagani



मंसिर १३ गते,आइतबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य बढेको छ। यस दिन सुन प्रतितोला २ हजार रुपैयाँ र चाँदी तोलाको २० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ४८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। गत शुुक्रबारको बजारमा सुन प्रतितोला दुई लाख ४६ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आजको बजारमा चाँदी प्रतितोला तीन हजार २१५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ। गत शुुक्रबारको बजारमा तीन हजार १९५ रुपैयाँमा खरिद बिक्री भएको थियो।