पोखरामा आत्मदाह गर्न खोजेका युवालाई बचाउने महिलाको मृत्यु

Jan 30, 2023 01:06 PM Merolagani



पोखरामा आइतबार आत्मदाह गर्न खोजेका एक युवालाई बचाउने क्रममा गम्भिर घाइते भएकी महिलाको मृत्यु भएको छ । पोखरा महानगरपालिका-१३ काँहुखोलाकी ४० वर्षकी संगीता सापकोटाको सोमबार निधन भएको हो ।

आइतबार बिहान सापकोटाको घरमा स्टेसनरी पसल सञ्चालन गर्ने ४५ वर्षिय कृष्णबहादुर क्षेत्री आफूमाथि आगो लगाएका थिए । उनलाई बचाउन गएकी सापकोटाले जलेर गम्भिर रुपमा घाइते भएकी थिइन्। सापकोटाको ८० प्रतिशत शरिर जलेको थियो ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो । घाइते कृण्ण बहादुर क्षेत्रीको भने उपचार भइरहेको प्रहरीले जनाएको छ ।

 




गंगा दाहालको घरमा फेला परेकाे शव कसकाे हाे ?

Sep 10, 2025 01:42 PM

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'की छोरी गंगा दाहालको घरमा शव फेला परेको छ। तर शव कसकाे हाे सनाखत हुन नसकेकाे प्रहरीकाे भनाइ छ ।