पोखरामा आत्मदाह गर्न खोजेका युवालाई बचाउने महिलाको मृत्यु

Jan 30, 2023 01:06 PM Merolagani



पोखरामा आइतबार आत्मदाह गर्न खोजेका एक युवालाई बचाउने क्रममा गम्भिर घाइते भएकी महिलाको मृत्यु भएको छ । पोखरा महानगरपालिका-१३ काँहुखोलाकी ४० वर्षकी संगीता सापकोटाको सोमबार निधन भएको हो ।

आइतबार बिहान सापकोटाको घरमा स्टेसनरी पसल सञ्चालन गर्ने ४५ वर्षिय कृष्णबहादुर क्षेत्री आफूमाथि आगो लगाएका थिए । उनलाई बचाउन गएकी सापकोटाले जलेर गम्भिर रुपमा घाइते भएकी थिइन्। सापकोटाको ८० प्रतिशत शरिर जलेको थियो ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो । घाइते कृण्ण बहादुर क्षेत्रीको भने उपचार भइरहेको प्रहरीले जनाएको छ ।

 




सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँट

Jan 26, 2026 04:34 PM

सोलु हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीकाे शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो।