दुई कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत

Jan 30, 2023 03:53 PM Merolagani



नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । सोमबार सिभिल बैंक(CBL)  र किसान लघुवित्त वित्तीय संस्थाको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

सिभिल बैंकको ४५ लाख ३७ हजार ९२१.९४ कित्ता बोसन शेयर नेप्सेमा सूचीकृत भएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।

यस्तै किसान लघुवित्त वित्तीय संस्था (KLBSL) को पनि ७ लाख ८५ हजार ६१७.७५ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । लघुवित्तले शेयरधनीहरुलाई गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई २० प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।

दुबै कम्पनीको नेप्सेमा सूचीकृत बोनस शेयर, सम्बन्धित शेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।