नबिल बैंक र साओमीबीच सहकार्य, साओमीका उत्पादनहरु शुन्य प्रतिशत ईएमआइमा

Feb 02, 2023 05:39 PM Merolagani



ग्लोबल टेक्नोलोजी लिडर साओमीले आफ्नो उत्पादनहरु शुन्य प्रतिशत इएमआइमा प्रदान गर्ने भएको छ । कम्पनीले नबिल बैंकसँगको सहकार्यमा आफ्ना साओमी, पोको र रेडमीका स्मार्टफोन, टिभिलगायत ल्याप्टपमा इएमआइ सुविधा दिने भएको हो ।

अफर लन्चको बारेमा बोल्दै साओमीका कन्ट्री जेनेरल म्यानेजर अमित कुमार पन्डाज्युले भने ‘हाम्रा उत्पादनहरुलाई अत्यन्तै रुचाउनुहुने हाम्रा मी फ्यानहरुसँग मिलेर हामीले यो वर्षको शुरुवात गर्ने सोचेका छौँ । मीले नेपालमा पहिलो पल्ट यस्तो ०% इएमआइको सुविधा ल्याएको हो । देशलाई अझै डिजीटल्ली कनेक्ट गर्ने उद्धेश्य सहित, बिना कुनै आर्थिक झन्झट बिना लेटेस्ट साओमी, पोको र रेडमी उत्पादनहरु प्रयोग गर्ने उपभोक्ताहरुको चाहनालाई सम्बोधन गर्नको लागि हामीले यो अफर ल्याएका हौँ।’ 

यो सँगै अब उपभोक्ताहरुले साओमी, पोको र रेडमीका टिभि, ल्याप्टपलगायत स्मार्टफोनमा ०% इएमआइको सुविधासँगै आफुलाई डिजिटल्ली अपडेटेड राख्न सक्नेछन । यो अफर नबिल बैंकको क्रेडिट कार्ड मार्फत खरिद गर्दा ६ महिनासम्मको लागि लागु हुनेछ।

त्यस्तै नयाँँ क्रेडिट कार्ड प्रयोगकर्ताहरुको लागि पहिलो वर्षको वार्षिक शुल्क पनि मिनाहा गरिएको छ।

 




चैत १२ सम्मको समय शेयर बजारका लागि 'हनिमुन पिरियड'

Mar 20, 2026 06:29 AM

सुवास निरौला

नेपालको पूँजी बजार (नेप्से) यति बेला एउटा यस्तो रोचक मोडमा आइपुगेको छ। जहाँ राजनीति र अर्थतन्त्रको सम्बन्ध केवल सिद्धान्तमा मात्र होइन, कारोबारका अंकहरूमा समेत स्पष्ट प्रतिबिम्बित भइरहेको छ।