औपचारिक रुपमा सार्वजनिक नगरे पनि हुन्डाई गाडीको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी समुह अन्तर्गतको लक्ष्मी इन्टरकन्टिनेन्टलले सार्वजनिक गर्ने तयारी गरेको छ ।
खासगरी नेपालमा हुन्डाइ भेन्यूको पुरानो भर्सन लोकप्रिय छ । गत भदौमै ल्याउने भनिए पनि आयात प्रतिबन्धका कारण सो गाडी नेपाल भित्रिन सकेको थिएन । हाल इन्टेरियर र बाहिरी भागमा परिमार्जन तथा डिजाइनलाई समेत परिर्वतन भएर आएको छ ।
१४९३ सीसी क्षमतासहित आउने यो गाडीले १०० पीएसमा ४००० आरपीएम र २४० एनएममा १५०० देखि २७५० आरपीएम म्याक टर्क जेनेरेट गर्छ ।
२१ किलामिटर प्रति लिटर माइलेज दिने कम्पनीको दाबी छ । कम्पनीका अनुसार हुन्डाई भेन्यूमा अत्याधुनिक र मार्केट ट्रेन्ड अनुसारको फिचरहरु थप गरिएको छ ।
५ सिटर,मेन्युअल,अटोमेटिक ट्रान्समिसन, १९० एमएम ग्राउन्ड क्लियरेन्स, ४५ लिटर इन्धन क्षमता लगायतको बिशेषता दिइएको छ । भारतीय बजारमा ७ लाख ५३ रुपैयाँ तोकिएको छ । नेपाली बजारमा औपचारिक रुपमा सार्वजनिक नगरिए पनि यो गाडीको मुल्य ५० लाख माथि नै रहने अनुमान गरिएको छ ।
नयाँ भेन्यू फेसलिफ्टमा अमेजन एलेक्सा र गुगल भोइस असिस्ट सहितको ‘होम टु कार कनेक्टीभिटी’ दिएको छ । यसले कन्ट्रोल सेलेक्ट कार फिचर,रिमोट क्लाइमेट कन्ट्रोल, रिमोट डोर लक र अनलक फिचर, रिमोट भेहिकल स्टाटस चेक, फाइन्ड माइ कार, टायर प्रेसर इन्फर्मेसन, फ्यूल लेभल इन्फर्मेसन, स्पीड अलर्ट, टाइम फेन्सीङ अलर्ट,आइडल टाइम अलर्ट जस्ता फिचर थपेको छ ।

यी लगायत भेन्यूको फेसलिफ्ट मोडलमा स्पोर्टस,नर्मल र इको गरी तीनवटा ड्राइभ मोड पाउन सकिन्छ ।अब हुन्डाई भेन्यूमा अगाडि बस्नेले मात्र नभई पछाडि बसेर यात्रा गर्ने यात्रुले समेत आफ्नो सहजता अनुसार सिट मिलाउन सक्नेछन् ।
नयाँ भेन्यूमा कम्पनीले अगाडिको भाग अर्थात हेडलाइट र टेललाईटमा व्यापक परिवर्तन गरेको छ जसले गाडीको लुक्सलाई नै बदलेको छ । त्यसैगरी, रियर तर्फ पनि धेरै परिवर्तन भएको बताइएको छ ।
लाईटसँगै भेन्यूमा अगाडि र पछाडिको बम्पर, फ्रन्ट ग्रिल तथा अलोय ह्वीलसमेत रि–डिजाइन गरिएको छ । अगाडी पछाडि नै परिवर्तन गरिको कारण पनि डिजाइन अब्बल बनाइएको छ हुन्डाईले पनि नयाँ भेन्यूमा डिजिटल इन्टु«मेन्ट क्लष्टर दिएको छ ।
पावर एड्जस्टेवल ड्राइभर सिट,ब्लुलिङ्क कनेक्टीभीटी र अपडेटेड इन्फोटेन्मेन्ट लगायतका अन्य फिचर पनि उपलब्ध गराइएको छ । ब्लुलिङ कनेक्टीभिटी सहित ६० किसिमको कनेक्टेड फिचर दिएको छ ।