तेह्रथुम पावरको नाफा उल्लेख्य घट्यो

Feb 05, 2023 09:36 AM Merolagani



तेह्रथुम पावर कम्पनी (TPC) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य घटेको छ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले ६ लाख ६२ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९६.१५ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

कम्पनीको विद्युत बिक्री आम्दानी घटेसँगै वित्तीय खर्च बढेपनि खुद नाफा उल्लेख्य घट्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ४.२५ प्रतिशत घटेर ८ करोड २७ लाख रुपैयाँमा सीमित भएको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ८ करोड ६४ लाख रुपैयाँ यस्तो आम्दानी गरेको थियो। त्यसैगरी, समीक्षा अवधिमा कम्पनीको वित्तीय खर्च ३ करोड ८८ लाख रुपैयाँबाट बढेर ५ करोड २१ लाख रुपैयाँ पुगेको छ। जसका कारण नाफा घट्न दबाब पुगेको छ।

४० करोड रुपैयाँ चुक्ता पूँजी भएको यस कम्पनीको जगेडा कोष ९ करोड ७५ लाख रुपैयाँ ऋणात्मक रहेको छ। नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ८ रुपैयाँ २६ पैसा घटेर ३३ पैसामा सीमित भएको छ। पुस मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ७६ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात १२२३ गुणा रहेको छ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।