दुईओटा टावरबाट टेलिकमले शुरु गरेको फाइभजी परिक्षण नाम मात्रैको, एनटिएका अध्यक्ष खनालले भने ‘हामीले खोजेको फाइभजी परिक्षण यस्तो होइन’

Feb 05, 2023 03:25 PM Merolagani



नेपाल टेलिकमको फाइभजी परिक्षणमा दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले प्रश्न उठाएको छ । 

प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दुई ओटा बिटिएसबाट मात्रै फाइभजी परिक्षण भएको भन्दै असन्तुष्टि व्यक्त गरे ।

टेलिकमले आफ्नो १९ औं बार्षिक उत्सवको उपलक्ष्यमा बबरमहल र सुन्धारा टेलिकम टावरबाट ट्रायल सुरु गरेको थियो । तर, प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले बार्षिक उत्सवलाई सम्बोधन गर्ने क्रममा खरो रुपमा प्रस्तुत भए ।

खनालले फाइभजी परिक्षण काठमाडौं रिङरोड भित्र गर्ने आसयले फ्रिक्वेन्सी उपलब्ध गराएपनि दुईवाट बिटिएस टावरबाट मात्रै सुरु गरिएको बताए ।

‘सर्वसाधारण माझ कम्तिमा काठमाडौँ रिङरोड क्षेत्रभित्र फाइभजी परीक्षण गर्ने आसयको साथ आफूहरुले निःशुल्क फ्रिक्वेन्सी उपलब्ध गराएका हौं’ उनले भने ‘ तर,यहाँ आन्तरिक किसिमले प्राविधिक परिक्षण मात्रै भएको सुनियो’ ।

उनले थपे ‘नियामक तथा सर्वसाधारणले खोजेको फाइभजी परिक्षण त्यस्तो होइन’ । टेलिकम आफैले पनि लामो समयदेखि काठमाडौं उपत्यका भित्रनै फाइभजी परिक्षण गर्ने बताउदै आएको थयो । तर, अहिले सुन्धारास्थित टेलिकम बिटिएस टावर र बबरमहल टावरबाट मात्रै फाइभजी परिक्षण गरिएको छ ।

त्यस्तै सर्वसाधारणको लागि समेत प्रयोग गर्न दिने बताइएपनि अन्त्यमा अन्तरिक रुपमा मात्रै परिक्षण गरिएको भन्दै चौतर्फी बिरोध भइरहेको छ । यस अघि यस अघि टेलिकमले गत अग्रेजी नयाँ बर्ष २०२३ बाट फाइभजी परिक्षण गर्ने भने पनि प्राविधिक अन्तरिक रुपमा टेलिकम चुकेको थियो ।

खासगरी सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले परिक्षण अनुमति दिएको झण्डै दुई बर्ष पछि फाइभजीको ट्रायल गरेको हो ।

टेलिकमलाई फाइभजी परिक्षणको लागि दूरसञ्चार प्राधिकरणले २६ सय मेगाहर्ज ब्याण्डमा फ्रिक्वेन्सी उपलब्ध गराएको छ ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।